गजल : कहानी सुनाउँछु

गजल : कहानी सुनाउँछु

======================

छिमेकीले डसेका, कहानी सुनाउँछु

तिखो छुरी धसेका, कहानी सुनाउँछु ======================

निजी स्वार्थ मात्र छ,मनमनमा किन

चट्ट चिल्लो घसेका, कहानी सुनाउँछु

======================

सत्रु हैन मित्र हूँ नी,भन्दै आफ्नै बनेर

हाँस्दै घाटी कसेका, कहानी सुनाउँछु

======================

गल्ती पटक पटक,जानीजानी गर्छौ

मूर्ख सारा फसेका, कहानी सुनाउँछु ======================

धन सम्पती माया, सही उपयोग गर

छागाबाट खसेका, कहानी सुनाउँछु

=====================

गजलकार:; लाक्पा शेर्पा समर्पित

ठेगाना : धनगढी कैलाली नेपाल

कविता : म कबि बन्न चाहान्छु – लाक्पा शेर्पा समर्पित

कविता : म कबि बन्न चाहान्छु

म कबि बन्न चाहान्छु
संसारलाई चकित पार्न
दिनदुखी गरिबको मनमा खुशी सार्न
पिडीतहरूको भोकमा छाक टार्न
सिमानामा पुगेर आफ्नो देशलाई सुरक्षामा बार्न
म कबि बन्न चाहान्छु

सबै डाक्टर पाइलट बन्न चाहान्छन
म धेरै फरक सोच र बिचार बोक्ने मान्छे
आफू खाइ नखाइ अरूलाई खुबाउने मान्छे
मनमा हजार गुनासो हुदा नी सबैलाइ हसाउने मान्छे
म कबि बन्न चाहान्छु
हो म कबि बन्न चाहान्छु

आज नेपाल आमा रोई रहदा
देशमा बेरोजगारी बढेको छ
फलफूल तरकारी बारीमै सडेको छ
धनी झनझन धनी गरिब झनै गरिब बन्दै गयो
देशमा कुसँस्कारको ताण्डब यहि रोक्नलाइ
म कबि बन्न चाहान्छु

रूनेलाइ हसाउन दुखीलाइ शुखी बनाउन सक्छ
देशमा सुख शान्तिले डेरा जमाउन सक्छ
बुढा बा आमा पाल्नलाइ धन कमाउन सक्छ
भ्रष्टाचारी लुटेरालाइ गलाउन सक्छ 
ओईलिएको रूखमा पात पलाउन सक्छ
त्यसैले कविता लेख्ने म कबि बन्न चाहन्छु
हो म कबि बन्न चाहन्छु ।

लेखक : लाक्पा शेर्पा समर्पित
ठेगाना : ताप्लेजुङ हाल धनगडी कैलाली
Email ; Lakpasherpa300@gmail.com
YouTube : www.youtube.com/techlakpa

#कबिता #कबि #शाहित्य #kabita #Nepalikabita #लाक्पा #शेर्पा #समर्पित #Dhangadhi #Kanchanpur #thepoetidol #Poetidol #Poem #Idol #Lakpasherpa  #Nepalidol  #poetryrealityshow #nepalipoets #nepalipoem #nepaliliterature #poetsabroad #realitytvshow

कविता : म कविता लेख्छु लाक्पा शेर्पा समर्पित

कविता : म कविता लेख्छु

म कविता लेख्छु
बिहान लेख्छु बेलुका लेख्छु राती लेख्छु
मेचीकाली आज सबैतिर रोएको देख्छु
राजनेता भाषण गर्दै कुर्सी तान्दैमा ठिक्क छन
सबको आसु रोकेर मुस्कान बाड्नलाइ
म कविता लेख्छु हो म कविता लेख्छु

म कविता लेख्छु
बर्षातमा लेख्छु हिउँदमा लेख्छु सधै लेख्छु
देशमा आज कानुन अन्धो भएको देख्छु
हत्या हिंसा बलात्कार चारैतिर कारबाही खै
अन्याय बिरूद्द सबैलाइ न्याय दिलाउन
म कविता लेख्छु हो म कविता लेख्छु

म कविता लेख्छु
खुशीमा लेख्छु दुःखमा लेख्छु हरपल लेख्छु
युवा शक्ति खाडी पुगी बाकसमा आएको देख्छु
सधै रोजगारीको कैयौ नारा घन्काइन्छ चुनावमा
म बेरोजगारी हटाइ रोजगारी भित्र्याउनलाइ
म कविता लेख्छु हो म कविता लेख्छु
म कविता लेख्छु
खादा लेख्छु पिउदा लेख्छु बस्दा लेख्छु
बर्षौ खेर फाली लाखौ खर्चेर पढाएको देख्छु
आज सर्टिफिकेट बाकसमै छ पावरले काम हुन्छ
डिग्री अब पढ्ने कि नपढ्ने बुझाउनलाइ 
म कविता लेख्छु हो म कविता लेख्छु

लेखक : लाक्पा शेर्पा समर्पित
ठेगाना : ताप्लेजुङ हाल धनगडी कैलाली नेपाल
Email : Lakpasherpa300@gmail.com
Contact: +9779804690381 /9848606267

#कबिता #कबि #शाहित्य #kabita #Nepalikabita #लाक्पा #शेर्पा #समर्पित #Dhangadhi #Kanchanpur #thepoetidol #Poetidol #Poem #Idol #Lakpasherpa  #Nepalidol  #poetryrealityshow #nepalipoets #nepalipoem #nepaliliterature #poetsabroad #realitytvshow

गजलकार : लाक्पा शेर्पा समर्पित ;जीबन बन्धकीमा राखियो॥

गजल #Techlakpa#Sherpa#शेर्पा

=

सम्झौतामा जीबन बन्धकीमा राखियो॥

तिम्रै निम्ति धड्कन बन्धकीमा राखियो॥

=

अभाबले सपनाहरु जब अधुरो थियो॥

घरबार अनि आगन बन्धकीमा राखियो॥

=

साथीहरु अनौठो गुनासो गर्छन यार॥

सुनौलो ति बचपन बन्धकीमा राखियो॥

=

तिखो तिरसरी घोचि रहन्थ्यो शुन्यता॥

मायाप्रेमको उल्झन बन्धकीमा राखियो॥

=

सपलताको चुचुरोमा जानेतय भएपछि॥

ति मायाका कम्पन बन्धकीमा राखियो॥

=

गजलकार : लाक्पा शेर्पा समर्पित

गजलकार : लाक्पा शेर्पा समर्पित ;भुल मात्र हुन्छ जवानीमा

गजल :-

==========================

अदृस्य काँडा हैन,फुल मात्र हुन्छ जवानीमा

सच्चाई त हराउछ,भुल मात्र हुन्छ जवानीमा

==========================

साचो माया प्रिती,गित गजलमै सीमित छन

रूपको पछि लाग्ने,हुल मात्र हुन्छ जवानीमा

==========================

प्रयत्न हजार गरिन्छ,मायालुलाइ खुशी पार्न

आफ्नो चोट साथै,शुल मात्र हुन्छ जवानीमा

==========================

दुइ दिने जिन्दगीमा ,भन्छन खुशी बनौ सबै

मनमा फुटेको त्यो,मूल मात्र हुन्छ जवानीमा

==========================

सम्पतिको कुरा, धनी र गरिब के छ भन्छन

सानो सोच हुनाले कुल मात्र हुन्छ जवानीमा

==========================

गजलकार : लाक्पा शेर्पा समर्पित

ताप्लेजुङ हाल धनगढी कैलाली नेपाल

गजलकार : लाक्पा शेर्पा समर्पित गजल : दिलमा सजाउछु भन्छौ

गजल : दिलमा सजाउछु भन्छौ

तिमी चुराको झङ्कार बजाऊछु भन्छौ

आऊनु म मेरो दिलमा सजाऊछु भन्छौ

जुनेली त्यो रातमा तिमी र म साथमा ।

त्यो घुम्टो खोल्दै थोरै लजाऊछु भन्छौ

हातमा चुरा छन पाउमा पाउजु छमछम

फेरि इशारामा गीत एक गाऊछु भन्छौ

तिम्रो ओठमा मात छ,मोहनी आँखामा

पिरतीले सिंगारेर घर बसाऊछु भन्छौ ।

चारैतिर सुनसान तिम्रो मधुर बास्ना छ

झम्के यो साँझलाई फकाऊछु भन्छौ ।।

गजलकार : लाक्पा शेर्पा समर्पित

ताप्लेजुङ हाल धनगढी कैलाली नेपाल

#गजल#gazal#Gajal#Techlakpa #lakpasherpa #lakpasherpasamarpit #nepaligajal #sherpa

गजलकार : लाक्पा शेर्पा समर्पित गजल : जीन्दगीमा हुनुपर्छ

गजल : जीन्दगीमा हुनुपर्छ
अलिकति नशा, अलिकति पीडा जीन्दगीमा हुनुपर्छ ।
केही सपना, केही विपनाका कुरा जीन्दगीमा हुनुपर्छ


थाहा नपाउने के थियो आखा चिम्लेर विश्वास गरिँदा
मुखमा राम बगलीमा छुरा घायल जीन्दगीमा हुनुपर्छ


नजिक धेरै टाढा मन देखि मन सम्मका नाता हुन्छन्
स्वार्थ रूपी सम्बन्धको सम्झौता जीन्दगीमा हुनुपर्छ


आज साँचो माया हैन पैसा र बैसको चर्चा चल्दैछ ।
माया कति नाप तौल हुने तराजु जीन्दगीमा हुनुपर्छ


गजलकार : लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ हाल धनगढी कैलाली नेपाल

गजल #Gajal #TECHLAKPA #Sirji #lakpasherpa #sherpa #lakpasherpasamarpit

तिन मुक्तक : लेखक (लाक्पा शेर्पा समर्पित)

मुक्तक -1
मेरो मनमा तनमा जीबनमा तिमी हुनेछौ
मलाइ सम्झी सम्झी, तिमी पछि रूनेछौ
मेरो माया समर्पण ,त्यागलाइ देखेनौ भने
एकान्तमा फेरी तिमी, तस्बिर हेरि छुनेछौ

मुक्तक -2
म तिम्रो लागी आकाशको तारा झारी दिन्छु
खोला आए जीबनमा सागो बनि तारी दिन्छु
कति माया गर्छु म तिमीलाइ देखाउन गारो छ
खुश तिमीलाइ दिन्छु दुख सबै टारी दिन्छु

मुक्तक -3
म तिम्रो यादमा सधै टोलाउदै हराउछु
सपनीमा पनि तिम्रो नाम लिई कराउँछु
यति मिठो माया दिएर तिमीले मलाइ
तिमीबाट टाढा हुदा किन किन डराउछू

मुक्तककार

नाम : लाक्पा शेर्पा समर्पित धनगडी कैलाली नेपाल सम्पर्क : +9779804690381

निबन्ध : माया र विश्वास ( लाक्पा शेर्पा समर्पित )

निबन्ध : माया र विश्वास | लेखक ( लाक्पा शेर्पा समर्पित )

माया जिवन जिउने आधार हो, प्रेम जिन्दगी बिताउने चौतारी हो । माया र प्रेमको ’boutमा सोध्यौँ भने सबैले आ-आफ्नै तरिकाले ब्याख्या र परिभाषा दिने गर्छन् ।माया के हो ?  प्रेमे के हो ?  माया र प्रेमको उत्तरको पछाडि दौडियौं भने शायद यसको जवाफ भेट्न सकिदैन होला। विभिन्न युगमा विभिन्न प्रेमी र विद्वानले प्रेमको परिभाषा आ आफ्नो तरिकाले दिएका छन्। जति प्रेमको परिभाषा बुझ्दै गयो त्यति यो प्रेमको गहिराइले हामीलाई डुबाउँदै जान्छ।

यदि कसैसित माया बसेको छ भने उ हामी बिच हुनै पर्छ, उस्को साथ पाउनै पर्छ भन्ने काहा छ र । उ जहाँ भएपनी खुसी होस भन्ने चाहना हामिमा हुनुपर्छ । यदि उ हामी बिच रहदा खुसी हुदैन र घुटन महसुस गरिरहेको छ भने उसलाई सम्बन्धको जालोमा अल्झाएर राख्नुको अर्थ आवश्यकता हो माया होइन ।

मायाप्रती सेकेन्ड धड्कने मुटुको त्यो आवाज हो जुन सुन्ने डेसिबलको हुन्छ तर माया गर्ने मनलाई आभास भैरहन्छ । माया बषौ सम्म बाझो रहेर चिरा परेको खेतको लागि पानीको झरी हो।माया बिहानिको त्यो मिरमिरे घाम हो,जसले सुनौलो दिनको सुरुवात गर्दछ । माया भोको पेटको लागि भोजन ,तिर्खाएको प्यासिको लागि दुई घुट पानी हो । यो मायाको सागरमा जो पौडिन जान्छ उस्को जित हुन्छ त कोही जान्दैन त्यो मान्छे डुब्छ ।यहि मायामा हजारौँ मानिसले आफ्नो भबिष्य बर्बाद गरेका छन् । हजारौँले सुखद जिन्दगी जिएका पनि छन्  । मायामा असफलता पछि हजारौँले नशाको शाहारा लिन बाध्य पनि छन् ।कोही मानसिक सन्तुलन गुमाउन बिबश पनि छन् यो संसारमा । यो माया भन्ने चिज नै यस्तै छ । जब कसैको खुसीमा हाम्रो ओठ मुस्कुराउन थाल्छ । जब कसैको पिडामा हाम्रो आँखा रसाउन थाल्छ । जब कसैको सफलतामा हाम्रो मन हषिर्त हुन थाल्छ । जब कसैसित बिछोडिदा मुटुको धड्कन जोड जोडले धड्कन थाल्छ।जब आफू भोकै बसेर कसैको पेट भर्न मन लाग्छ । जब आफू ओझेलमा परेर कसैलाई सन्सारबिच परिचीत गराउन मन लाग्छ । तब सम्झनुस मुटुको हर धड्कनले उसको नाम पुकारिरहेको छ । हिजो आजका युबा युवतीलाई हेर्छु । मायालाइ आवस्यकता र चाहना शीत तुलना गरेको देख्छु । दुई दिनमा माया गासेर त्यस्रो दिनमा माया तोडेको देख्छु । अनि चौथो दिनमा नयाँ सम्बन्ध जोडेको देख्छु । एक अर्काको साथ नपाउदा आत्महत्या गरेको समाचार सुन्छु । जसलाइ माया गर्छु भन्छन उसकै शरीर पोलेको देख्छु । जो बिना बाँच्दैन भन्छन उसलाई बजारमा नाङ्गो पारेको देख्छु ।  अनि तन मनमा झटकाको महसुस हुन्छ । यो कस्तो माया थियोे । गुलाफको फुल तिर इसारा गर्दै गौतम बुद्धले भनेका थिए ,जसले यो फुल मनपराउछ उसले यो फुल टिपेर लैजान्छ,जसले यो फुललाइ माया गर्छ उसले यो फुलमा मल जल गरेर फक्रिन दिन्छ । माया गर्नु र मन पराउनु बिचको भिन्नतालाई हाम्ले बुझ्न् नसक्दा धेरै अपराध हामिबाट भैरहेको छ ।

मायालाई जसले जसरी परिभाषित गरेपनि ,जस्तो उत्तर दिन खोजेपनि खैर चोखो माया मायामै परिणत हुन्छ । चाहे जस्तोसुकै परिस्थित आओस चाहे बिरोध नै । जस्तोसुकै समस्या आएपनि । जस्ले साँच्चिकै माया गर्छ ,जस्ले एक अर्काकको सम्मान गर्छ , बिश्वास गर्छ मायाको कदर गर्छ । त्यहाँ मायाको अगाडी कसैको केहि चल्ने वाला छैन् । किनकी उनीहरु एक अर्कालाई खुबै माया गर्छन् । यहि हो माया यहि हो प्रेम  । यदि कोहि जिवनबाट गयो भने यो सोच्नुस ती ब्यक्तिहरुबाट हामिहरुलाइ के के सिकाइ प्राप्त भयो।र जुन गल्ती हामिबाट भयो त्यो कहिले नदोहो¥याउनुस । जुन परिचय,जुन इज्जत ,जुन खुशी ,जुन साथ गुमाएका छौ त्यो फिर्ता लेराएर आफ्नो लागि बाचौ।आफ्ना आमा, बाबा, परिवार ,आफन्त ,सन्तान ,साथिभाइको लागि बाचौ । तर अचेल अनेक समस्या तेर्साउँदै मायाबाट टाढिने र पन्छिने जमातको पनि कमी छैन यहाँ । यस्लाई माया भनिदैँन । भनिन्छ त समय बिताउने माध्यम वा आकर्षण  ।

लेखक : लाक्पा शेर्पा समर्पित
ठेगाना : ताप्लेजुङ हाल धनगडी कैलाली नेपाल
YouTube/ Tiktok : Tech Lakpa
सम्पर्क : +9779804690381
http://www.kailalijobs.wordpress.com

नेपाली साहित्य बिकासको निम्ति स्थापित राष्टिय स्तरको साहित्यिक सस्था हो