नेपाली पप र्याप गित लाक्पा शेर्पा समर्पितको आबाजमा आमा आमा चाडै बजारमा आउदै

नेपाली पप र्याप गित आमा आमा लाक्पा शेर्पा समर्पित

मेरी जन्मदाता
भाग्य बिधाता
जीवनको गोरेटोमा
हिड्न सिकाउने
महान ग्याता
ऊनि हुन मेरी आमा
आमा आमा
ऊनि हुन मेरी आमा
घाँस दाउरा वन पाखामा
मेरो फोटो उन्कै आँखामा
वर्षौँ बर्ष भेट नभाको
कस्ती हुनु भो धोको
फेरी रुने मन छ
बसेर ऊनकै काखमा
ऊनि हुन मेरी आमा
आमा आमा
ऊनि हुन मेरी आमा
दुःखमा पिरमा भिरमा
नदिको तिरमा मलाइ
तिम्रो याद आउदा
आमा भनि रुन पाऔं
तिम्रै पाउ छुन पाऔं
आफू मरेर भ एनी
तिम्रो हाँसो हुन पाऔं
ऊनि हुन मेरी आमा
आमा आमा
ऊनि हुन मेरी आमा

हजार चोट सँग लर्दै
आफू दुख सबै भुल्दै
मेरै लागी फूल बनि फुल्दै
जिन्दगी देखाइ दिइन
मेरो यात्रा भेटाइ दिइन
दु:ख के हो सुख के हो
मलाइ सिकाइ दिइन
ऊनि हुन मेरी आमा
आमा आमा
ऊनि हुन मेरी आमा

नौ मैना कोखमा राख्यो
भोक पेट पटुकीले कस्यो
तिम्रो आङ्को लुगा फाट्दा
मलाई नयाँ किनी राख्यो
मेरै निम्ति देउता भाकेर
मलाइ दियौ खुशी हजार
ऊनि हुन मेरी आमा
आमा आमा
ऊनि हुन मेरी आमा

सक्का मरुभूमिमा
मलाइ घाम प्यारो लाग्छ
मैसँग जोडीएको
तिम्रो नाम प्यारो लाग्छ
जननी जन्मभूमि
स्वर्गाद्वपी गरियसी
गुन्द्रुक र ढीडो
आमाले पकाएको
माम प्यारो लाग्छ
ऊनि हुन मेरी आमा
आमा आमा
ऊनि हुन मेरी आमा

तिमि नहुदा बोल्न सक्दिन
बर्णन गर्ने कुनै शब्दहरु
खोल्न सक्दिन
अमुल्य छन स्नेह
कति छ मूल्य भनेर
मोल्न सक्दिन
ऊनि हुन मेरी आमा
आमा आमा
ऊनि हुन मेरी आमा

तिमी हिड्ने बाटोमा
म फुलै फूल छर्ने छु
तिम्रो मनका इच्छाहरु
म सबै पुरा गर्ने छु
कति दुःख भोगि
हास्नु पर्छ अब
मनमा खुशी भर्ने छु
ऊनि हुन मेरी आमा
आमा आमा
ऊनि हुन मेरी आमा
डाडा पारीको जून हुन
मिठो मुरलिको धून हुन
कत्ती ममतामयी मात्रि स्नेह
साच्चै नम्मरी सून हुन
ऊनि हुन मेरी आमा
आमा आमा
ऊनि हुन मेरी आमा

आमाको महिमा
अपरम्पार छ
उनकै पाउमा
मेरो संसार छ
आफै दुख सहेर
सन्तान हँसाउछिन
उनको मन
कति उदार छ
ऊनि हुन मेरी आमा
आमा आमा
ऊनि हुन मेरी आमा
राखेको छु मुटुभित्र
गर्छु माया म बिचित्र
बरु खोट होला चन्द्र्मामा
बढि ठान्छु म सपबित्र
ऊनि हुन मेरी आमा
आमा आमा
ऊनि हुन मेरी आमा

मेरो इज्जत हो मेरो सम्मान हो
मेरो शान हो त्यागको प्रमाण हो
जान्न मन्दिर पुज्दिन म ढुङ्गा
पर्छु म केबल तिम्रै चरणमा
मेरो इश्वर मेरो चारधाम हो
मेरो भगवान हो
ऊनि हुन मेरी आमा
आमा आमा
ऊनि हुन मेरी आमा

नाम: लाक्पा शेर्पा समर्पित
ठेगाना:ताप्लेजूङ हाल धनगडी कैलाली नेपाल
फोन :+9779804690381/9848606267
website:khojiweb.wordpress.com

रक्सी छूटाउने सजिलो उपाय लाक्पा शेर्पा समर्पित

 

नेपालमा आजकल रक्सी सेवन भनेको चिया पिउनु जस्तै भैसकेको छ । सभा, समारोह देखी साथीभाई संगको जमघटमा रक्सीले स्वागत गर्ने कुरा शहरी क्षेत्रमा सामान्य बनिसकेको छ । त्यही बाट शुरु भएको रक्सी सेवन बिस्तारै मानिसको आदत बन्दै गएको छ । धेरै मानिसहरु रक्सीको लतमा चुर्लुम्म डुबेका छन । आजकल धेरै मानिस रक्सी पिउँछन् । रक्सीको लतले धेरैका घरपरिवार नाश भइरहेका छन् । रक्सीका कारण धेरै घरमा कलह हुने गरेका छन् ।

अब चुरोट को त झन के कुरा गर्नु ? स्कुल पढ्दै गरेका केटाकेटी देखी बयस्क र बृद्ध सम्म चुरोटको लतमा नराम्ररी फसेका छन । परीवार र आफन्तको डरले लुकेर चुरोट पिउने पनि प्रशस्त छन ।

आज धेरै मानिसहरु रक्सी र चुरोटको लतबाट छुटकारा पाउन चाहन्छन । रक्सी , चुरोट छोड्न मानिसहरुले प्रयास पनि गर्दछन, केही दिन छोड्छन पनि । तर केही दिन पछी फेरी शुरु भैहाल्छ ।

गाजरको जुस
रक्सी छोड्न चाहने मानिसलाई गाजर एकदम राम्रो फल हो । दिनदिनै गाजरको जुस पिउँदा रक्सी पिउने इच्छा मरेर जान्छ । अनि शरीरमा पनि ऊर्जा कायम रहन्छ ।

खजुर
दूधमा खजुर मिसाएर पिउँदा पनि रक्सीको लत छुटाउन सकिन्छ । यसलाई पिएको केही दिनमै तपाईंले फरक देख्न पाउनुहुन्छ ।

करेलाको रस
करेलाको रसले पनि रक्सीको लत छुटाउन मद्दत गर्छ । करेलाको पातलाई पिँधेर रस निकाल्नुस् । अनि त्यसमा दुई चम्चा मह मिसाएर पिउनुस् ।

अंगुर
वाइन बन्ने नै अंगुरबाट हो । दिनदिनै अंगुर खानुभयो भने केही दिनमै रक्सी पिउने बानी छुट्छ ।

ज्वानो
एक गिलास पानीमा ज्वानो राखेर पानी आधी नहुन्जेल उमाल्नुस् । त्यसलाई सेलाएपछि पिउनुस् । एक महिनासम्म लगातार यो रस पिउँदा रक्सी पिउने इच्छा घट्छ ।

भेडेखुर्सानी
भेडेखुर्सानीलाई पिँधेर त्यसको रस निकाल्नुस् । दिनदिनै खाना खाएपछि आधा कप भेडेखुर्सानीको रस पिउनुस् । यसो गर्दा केही दिनमै फरक देखिनेछ ।

अदुवाको तेल
अदुवाको तेल वा अदुवा हालेको चियाले पनि रक्सीको लत छुटाउँछ । अदुवाको तेलमा अलिकति मह मिसाएर पनि पिउन सक्नुहुन्छ । केही दिनमै रक्सी पिउन मन लाग्न छोड्छ ।
रोकथाम र उपचार
रक्सी सेवन थोरै मात्रामा गर्नु स्वास्थ्यको लागि लाभदायक पनि छ त्यसकारण अत्याधिक मात्रामा रक्सी सेवनको बाट बाँच्न निम्न उपायहरु अपनाउन सकिन्छ –
· रक्सी जहिले पनि उचित मापदन्ड भित्र रहेर सेवन गर्ने ,
.साधारणतया महिलाले २-३ युनित प्रति दिन (२०-३० ग्राम)
पुरुषले ३-४ युनित प्रति दिन (३०-४० ग्राम) तोकिएको छ,जुन, १ युनित बराबर साधारण तया १० मि.ली. वा ८ देखि १० ग्राम सुद्ध अल्कोहोल हुन्छ । अर्थात १/२ पिन्ट बियर (३.५%0 लगभग २८४ मिली वा सानो गिलास वाईन (९%) १२५ मिली जत्ती वा २५/३० मिली व्हिस्की हुन्छ ।
· तिर्खा र प्यास मेटाउनको लागि कहिल्य रक्सी सेवन नगर्ने बरु पानी पिउने वा हल्का पेय पदार्थ पिउने ।
· रक्सी खाने बानी छ भने रक्सी को ठाउमा बेला बेला अल्कोहल फ्री पेय पदार्थ सेवन गर्ने जसले बढी मात्रमा रक्सी सेवन बाट रोक्छ,
· अल्कोहलको मात्रा काम हुने पेय पदार्थ सेवन गर्ने
· आफुले सेवन गरेको पेय रक्सी जन्य पदर्थाको हेक्का राखी कम गर्ने कोसिस गर्ने र सके सम्म लिमित बन्दा बढी नपिउने
· एकै चोटी मा सक्ने गरेर नपिउने ,थोरै थोरै मात्रामा पिउने ,रक्सीको गिलास नसकी नथप्ने ,
· रक्सी सेवन गर्नु अगाडि खाने कुरा खाने ।
· गर्भवती अवस्थामा कहिल्यै रक्सी नपिउने ।
· कुनै मेसिन चलाउदा वा सवारी चलाउदा कहिल्यै रक्सी नपिउने
· यदि नियमित रक्सी सेवन गर्ने बानी छ भने हफ्ताको कम्तिमा दुई दिन अल्कोह्ल फ्री पेय पदार्थ सेवन गर्ने । तनाव कम गर्न कहिल्यै रक्सी नपिउने बरु सारिरिक व्याम ,रिलक्सेसन ,अथवा ध्यान आदि गर्ने साथी भाई परिवार सँग बिताउने ।
रक्सीको लत वा नसामा फसिसकेको व्यक्तीको उपचारमा कुनै एक बिधी पर्याप्त नहुने हुनाले र जटिल पनि भएको कारण ,व्यक्तिको व्यबहार परिवर्तन गर्दा समय प्रर्याप्त लाग्न सक्दछ त्यो आहार विहार परिवर्तन होस् या चुरोट , जाड रक्सीको लट छुताउनको नीम्ति । तर पनि यसको लट छुटाउने विभिन्न उपाय हरु छन् जस्ले पुरै रक्सी छुटाउने देखि नियन्त्रित रुपमा सेवन गर्ने सम्म सहयोग गर्छ । सबै भन्दा पहिले रक्सी पिउने व्यक्तिले यसको खराबी आफू र अरुलाई हुन्छ भन्ने ज्ञान हुनु जरुरी छ।

रक्सी र चुरोटको नियमित सेवनले कुन समयमा कती सम्मको खतरा निम्त्याउछ भन्ने देखी लिएर कसरी रक्सी र चुरोट छोड्न सकिन्छ भन्ने बिषयमा डा. त्रिपाठीले गज्जबको प्रस्तुती राखेका छन ।

लेखक – लाक्पा शेर्पा समर्पित धनगडी

तपाई रक्सी र चुरोटको लतमा हुनुहुन्छ यो भिडियो अवश्य हेर्नुहोला :-

हास्य ब्यङ्ग्य दोहोरि गित बूडेसकालमा (तन्नेरी हुदा ) जिन्दगी आहा – लाक्पा शेर्पा समर्पित

हास्य ब्यङ्गाय दोहोरि गित
हे बूडेसकालमा (तन्नेरी हुदा )
जेठी बुड़ी हुँदाहुँदै ,कान्छी बुड़ी ल्र्याउदा
जिन्दगी आहा

हे बुडेसकालमा कान्छी ल्याए,सम्झेर ठिटो
जति राम्रो बनाए नि, जेठी हुने तितो
बूडेसकालमा तन्नेरी हूदा
जेठी बुड़ी हुँदा हुँदै कान्छी बुड़ी ल्याउदा
जिन्दगी आहा

हे जेठी माथी कान्छी ल्याएँ, झगड़ाको गूंड
कान्छी सित बस्यो भने,जेठी रिसले चुर
बूडेसकालमा तन्नेरी हुदा
जेठी बुड़ी हुँदा हुँदै कान्छी बुड़ी ल्याऊदा
जिन्दगी आहा

हे एक्लै हुँदा मिठो खाइयो , मासु र भात
हिजोआज खाइन्छ, दुई बुड़ीको लात
बूडेसकालमा तन्नेरी हुदा
जेठी बुड़ी हुँदा हुँदै कान्छी बुड़ी ल्याउदा
जिन्दगी आहा

हे बुड़ीयाको च्यांगच्यांग, सुन्दासुन्दा वाक्कै
दुइटा बुड़ी भएपनि, कहिले कहिँ भोक्कै
बूडेसकालमा तन्नेरी हूदा
जेठी बुड़ी हुँदा हुँदै ,कान्छी बुड़ी ल्याउदा
जिन्दगी आहा

हे जेठीकान्छी फाइट पर्दा, जगटा छाराछर
छुट्याउं भने लुते करंग, फुस्काई दिने डर !
बूडेसकालमा तन्नेरी हुदा
जेठी बुड़ी हुँदा हुँदै ,कान्छी बुड़ी ल्याउदा
जिन्दगी आहा

हे छोराछोरी भल्डांगभुलडुंग, दुइ बुड़ीको पिर
चुप चाप लागि हिंडे म, रक्सि भट्टि तिर !
बूडेसकालमा तन्नेरी हुदा
जेठी बुड़ी हुँदा हुँदै कान्छी बुड़ी ल्याऊदा
जिन्दगी आहा

हे झट्टारोले हांने मैले, बुड़ीलाई झ्याम् !
बुडिआए झम्टीएर, तातो पुनेउ ड्याम् !
बूडेसकालमा तन्नेरी हुदा
जेठी बुड़ी हुँदा हुँदै कान्छी बुड़ी ल्याउदा
जिन्दगी आहा

हे दुई बुड़ीलाई हानें मैले ,ऊडि ऊडि किक
हिरो बनि हान्नगाको, आफै परे चित !
बूडेसकालमा तन्नेरी हुदा
जेठी बुड़ी हुँदा हुँदै ,कान्छी बुड़ी ल्याउदा
जिन्दगी आहा

हे दूइ बुडिलाइ फनन घुमाई, लगाएँ थप्पड़
जेठीले मुङ्ग्रो टिपी, पड़कायो खप्पर
बूडेसकालमा तन्नेरी हुदा
जेठी बुड़ी हुँदा हुँदै ,कान्छी बुड़ी ल्याउदा
जिन्दगी आहा

हे जेठी हिंडी छुट्टीएर,कान्छी पोइला गई
दुई बुड़ीको पोई अब,कुना बसी रोई
बूडेसकालमा तन्नेरी हुदा
जेठी बुड़ी हुँदाहुँदै कान्छी बुड़ी ल्याऊदा
जिन्दगी आहा

शब्द रचना /स्बर : लाक्पा शेर्पा समर्पित
ठेगाना:ताप्लेजूङ हाल धनगडी कैलाली नेपाल
फोन :+9779804690381/9848606267
website:khojiweb.wordpress.com

Subscribe Us on Youtube Now :-

बाइस मुक्तक नया बर्ष बिशेष – लेखक लाक्पा शेर्पा समर्पित

ठफनया बर्ष बिशेष अठार मुक्तक लाक्पा शेर्पा समर्पित
The Lakpa Sherpa Show – Tech lakpa
अठार मुक्तक- लाक्पा शेर्पा समर्पित

एक-
केही नयाँ चिज बोकि ल्यायो नयाँ बर्ष
उपहार दिन यहा फेरी आयो नयाँ बर्ष
भोको पेट पाल्नलाइ परिश्रम गर्नैपर्छ
मिठो परिकार ख्वाउन आयो नयाँ बर्ष
दुइ-
सुमधुर सम्बन्धको यो प्रित बनाउ नयाँ बर्ष
अग्रगामी आवाजको गीत बनाउ नयाँ बर्ष
विसंगति कुरीतिले असमानता बड्दै जाँदा
भावानाको नाताभित्र मीत बनाउ नयाँ बर्ष
तिन-
उत्तरोत्तर प्रगतीको कामना छ नया बर्षमा
अस्ताएको सुर्य त्यो उदाउयो नयाँ बर्षमा
सङ्घर्शमा निरन्तर भिड्नु पर्छ हामी आफै
बिना कर्म हाशो खुशी छायो नयाँ बर्षमा
चार –
गरीबी र भोकमरीको हित बनोस् नयाँ बर्ष
नेपाल र नेपालीको जीत बनोस् नयाँ बर्ष
धर्ती यो आकाशले सुनौलो आयाम खोज्दा
मुर्झाएको आस्थामाथि शीत बनोस् नयाँ बर्ष
पाच-
क्रोध इर्ष्या आलस्य आँफुसंगै लैजा पच्हत्तर साल
मानव हित मा बदलि रहुन ग्रह नक्षत्र का ति चाल
अति वृष्टि अना वृष्टि भूकम्प ले बाटो भुलोस अब
अनेकता को फूलबारीमा एकता को फुल फुलोस
छ-
मलम लाऊ चर्केको छ घाउ सबको नयाँ बर्ष ।
बनाउनेछु सुन्दर भनी कसम खाउ नयाँ बर्ष ।
बलवान् छौ रोक्न छेक्न सक्दिन म तिमीलाई
राम्रो हाम्रो नमुना बनी देखाइ जाउ नयाँ बर्ष ।

सात-
रंगी चंगी हुँदै हरियाली ओढ़ी आयो नयाँ बर्ष ।
दुःख पीडा केहि घडी छोडी आयो नयाँ बर्ष ।।
जाउन सबै दुःख पुगुन टाढा टाढा बेथाहरु ।
अधूरा सपना अगि ,सरी आयो नयाँ बर्ष।।
आठ-
उमङ्ग छाउने गर्छ नयाँ बर्ष आए पछी।
एक बर्ष उमेर झर्छ नयाँ बर्ष आए पछी।
सेकेन्ड,मिनेट,घण्टा हुदै काँटा चले जस्तै
जिन्दगीको सुई सर्छ नयाँ बर्ष आए पछी।
नौ-
शुख शान्ति घर घरमा,आओस नयाँ सालमा ।।
चिताएको कुरा सबैले, पाओस नयाँ सालमा ।।
भोकै कोही बस्नु नपरोस, परिश्रम गर्दापनि
भकारी दिनदिनै भरिँदै,जाओस नयाँ सालमा ।।
दश-
मग्मगाउने बास्ना छर्दै आयो नयाँ बर्ष ।
समृद्धी र सुखी नेपाल पायो नयाँ बर्ष ।
हर्ष सङै अंगालोमा खुशि च्याप्न पाइयोस
नछुट्ने अमर पिरति लायो नयाँ बर्ष
एघार –
हाँसो हर्ष ओठमा यहा आओस नयाँ बर्ष
राख्दै युद्ध पर,शान्ति आओस नयाँ बर्ष
समृद्ध बनोस देश खुसी बनोस सबै यहा
पुरा गर्दै चाहाना सबैको आओस नयाँ बर्ष
बाह्र-
नयाँ वर्षमा चोखो प्यारलाई शुभकामना
मित्रतामा पर्याय हुने यारलाई शुभकामना
समयलाई जित्ने,जोशको रफ्तार बढोस
पूगोस सबै काम, हतारलाई शुभकामना
तेह्र-
कोइली गायो वन सुसायो,नयाँ बर्ष आयो
खुशी ल्यायो मन रमायो ,नयाँ बर्ष आयो
वसन्तको आगमन छ, हरियाली चारैतिर
पालुवाले जीवन पायो, हेर नयाँ बर्ष आयो
चौध –
नयाँ साल मा फूली दिनु फक्रीएको फूल सरी
बाँकी जिवन बाच्नु सदा,संसारमा सुबास छरी
जस्तो थियो बिगता मा, यथावतै रहोस साथ
दिर्घायुको कामना छ,नजाओस है भुई झरी
पन्ध्र-
आयो फेरी नयाँ बर्ष नौलो उमंग बोकी
बिगतका बिग्न बाधा प्रकोपलाइ छोपी
नेपालीको भाग्य फेर्न बद्लिएछ पात्रो
आउए छौ अब तिमी बाधा सारा रोकी
सोह्र-
यो नव वर्षको,शुभकामना सबलाइ छ
खुसी र हर्षको,शुभकामना सबलाइ छ
मिलाओस सबै जना,भातृत्व भावनाले
सफल संघर्षको,शुभकामना सबलाइ छ
सत्र-
पुराना दिन जे भए राम्रा मात्र साथ राखौं
आउने दिनमा चैं असल सत्य बात राखौँ
बुद्धत्वको देश हाम्रो शान्त बनौँ हर नेपाली
बिरताको प्रतीकमा नेपालीकै जात राखौँ
अठार-
प्रगति उन्नतिका,समाचारलाई शुभकामना
दुखि र गरिवका,बजारलाई शुभकामना
दुख नपाओस, बाढी पैरो नजाओस कतै
नदि नजिकका, किनारलाई शुभकामना

ऊन्नाइस
नयाँ बर्ष बर्सेनि झै आयो सबलाइ शुभकामना
ब्रतबन्ध माया प्रेम आयो सबलाइ शुभकामना
पढाईमा जागिरमा नौलाठाउँ यात्रा सफल होस
चारैतिर हरियाली भैआयो सबलाइ शुभकामना

बिस
आशीर्वाद शुभकामना दिइराछौँ सधै
आफन्तले दिंदा हामी लिइराछौं सधै
यस्तै लिनेदिने गर्छौं कति फल पायो
दिने-लिने सबै सधैं खिइराछौं सधै

एक्काइस

आशिवाद् र शुभकामना कर्मसंग जोडौ
एक् अर्काको दुख-सुख मर्मसंग जोडौ
नयाँ बर्ष पचत्तरको सबमा शुभकामना
आउँदा दिनमा यस्लाई नै धर्मसंग जोडौ

बाइस
नव बर्षमा सबैलाई दिउन सुशान्तिको रस
सत्बुद्धी र सुस्वास्थ्य भै सबैको तनमा पस
देऊ सत्मार्गको यात्रा नेता जन्ता सबैलाइ
असत्य पापी रिसरागहरूको गराइद्यौ नास

 

थप जानकारी :-
Youtube channle: Tech Lakpa
धनगडी ,कैलाली नेपाल
लेखक :लाक्पा शेर्पा समर्पित
सम्पर्क :+9779804690381                  Channle Link :- Open Now

 

नया बर्षको शुभकामना -लाक्पा शेर्पा समर्पित गजल

गजल नया बर्ष
————————
नयाँ वर्षमा चोखो प्यारलाई शुभकामना
मित्रतामा पर्याय हुने यारलाई शुभकामना
————————
समयलाई जित्ने,जोशको रफ्तार बढोस
पूगोस सबै काम, हतारलाई शुभकामना
————————
नया शन्देश बोकी,नयाँ विहान उदाओस
प्रगति उन्नतिका,समाचारलाई शुभकामना
————————
मुल्य बृदि रोकि,सबैका पैसा जोगियोस
दुखि र गरिवका,बजारलाई शुभकामना
————————
दुख नपाओस, बाढी पैरो नजाओस कतै
नदि नजिकका, किनारलाई शुभकामना
————————
विगत झै नहोस,अन्योल र निराकार अझै
नया जनताका, सरकारलाई सुभकामना
————————
प्रेमका कुरा होस्,सोचेका सब पूरा होस
अबबन्न लागेका,घरवारलाई शुभकामना
————————
नाम: लाक्पा शेर्पा समर्पित
ठेगाना:ताप्लेजूङ हाल धनगडी कैलाली नेपाल
फोन :+9779804690381/9848606267
website:khojiweb.wordpress.com