Tag Archives: लेख

निबन्ध : माया र विश्वास ( लाक्पा शेर्पा समर्पित )

निबन्ध : माया र विश्वास | लेखक ( लाक्पा शेर्पा समर्पित )

माया जिवन जिउने आधार हो, प्रेम जिन्दगी बिताउने चौतारी हो । माया र प्रेमको ’boutमा सोध्यौँ भने सबैले आ-आफ्नै तरिकाले ब्याख्या र परिभाषा दिने गर्छन् ।माया के हो ?  प्रेमे के हो ?  माया र प्रेमको उत्तरको पछाडि दौडियौं भने शायद यसको जवाफ भेट्न सकिदैन होला। विभिन्न युगमा विभिन्न प्रेमी र विद्वानले प्रेमको परिभाषा आ आफ्नो तरिकाले दिएका छन्। जति प्रेमको परिभाषा बुझ्दै गयो त्यति यो प्रेमको गहिराइले हामीलाई डुबाउँदै जान्छ।

यदि कसैसित माया बसेको छ भने उ हामी बिच हुनै पर्छ, उस्को साथ पाउनै पर्छ भन्ने काहा छ र । उ जहाँ भएपनी खुसी होस भन्ने चाहना हामिमा हुनुपर्छ । यदि उ हामी बिच रहदा खुसी हुदैन र घुटन महसुस गरिरहेको छ भने उसलाई सम्बन्धको जालोमा अल्झाएर राख्नुको अर्थ आवश्यकता हो माया होइन ।

मायाप्रती सेकेन्ड धड्कने मुटुको त्यो आवाज हो जुन सुन्ने डेसिबलको हुन्छ तर माया गर्ने मनलाई आभास भैरहन्छ । माया बषौ सम्म बाझो रहेर चिरा परेको खेतको लागि पानीको झरी हो।माया बिहानिको त्यो मिरमिरे घाम हो,जसले सुनौलो दिनको सुरुवात गर्दछ । माया भोको पेटको लागि भोजन ,तिर्खाएको प्यासिको लागि दुई घुट पानी हो । यो मायाको सागरमा जो पौडिन जान्छ उस्को जित हुन्छ त कोही जान्दैन त्यो मान्छे डुब्छ ।यहि मायामा हजारौँ मानिसले आफ्नो भबिष्य बर्बाद गरेका छन् । हजारौँले सुखद जिन्दगी जिएका पनि छन्  । मायामा असफलता पछि हजारौँले नशाको शाहारा लिन बाध्य पनि छन् ।कोही मानसिक सन्तुलन गुमाउन बिबश पनि छन् यो संसारमा । यो माया भन्ने चिज नै यस्तै छ । जब कसैको खुसीमा हाम्रो ओठ मुस्कुराउन थाल्छ । जब कसैको पिडामा हाम्रो आँखा रसाउन थाल्छ । जब कसैको सफलतामा हाम्रो मन हषिर्त हुन थाल्छ । जब कसैसित बिछोडिदा मुटुको धड्कन जोड जोडले धड्कन थाल्छ।जब आफू भोकै बसेर कसैको पेट भर्न मन लाग्छ । जब आफू ओझेलमा परेर कसैलाई सन्सारबिच परिचीत गराउन मन लाग्छ । तब सम्झनुस मुटुको हर धड्कनले उसको नाम पुकारिरहेको छ । हिजो आजका युबा युवतीलाई हेर्छु । मायालाइ आवस्यकता र चाहना शीत तुलना गरेको देख्छु । दुई दिनमा माया गासेर त्यस्रो दिनमा माया तोडेको देख्छु । अनि चौथो दिनमा नयाँ सम्बन्ध जोडेको देख्छु । एक अर्काको साथ नपाउदा आत्महत्या गरेको समाचार सुन्छु । जसलाइ माया गर्छु भन्छन उसकै शरीर पोलेको देख्छु । जो बिना बाँच्दैन भन्छन उसलाई बजारमा नाङ्गो पारेको देख्छु ।  अनि तन मनमा झटकाको महसुस हुन्छ । यो कस्तो माया थियोे । गुलाफको फुल तिर इसारा गर्दै गौतम बुद्धले भनेका थिए ,जसले यो फुल मनपराउछ उसले यो फुल टिपेर लैजान्छ,जसले यो फुललाइ माया गर्छ उसले यो फुलमा मल जल गरेर फक्रिन दिन्छ । माया गर्नु र मन पराउनु बिचको भिन्नतालाई हाम्ले बुझ्न् नसक्दा धेरै अपराध हामिबाट भैरहेको छ ।

मायालाई जसले जसरी परिभाषित गरेपनि ,जस्तो उत्तर दिन खोजेपनि खैर चोखो माया मायामै परिणत हुन्छ । चाहे जस्तोसुकै परिस्थित आओस चाहे बिरोध नै । जस्तोसुकै समस्या आएपनि । जस्ले साँच्चिकै माया गर्छ ,जस्ले एक अर्काकको सम्मान गर्छ , बिश्वास गर्छ मायाको कदर गर्छ । त्यहाँ मायाको अगाडी कसैको केहि चल्ने वाला छैन् । किनकी उनीहरु एक अर्कालाई खुबै माया गर्छन् । यहि हो माया यहि हो प्रेम  । यदि कोहि जिवनबाट गयो भने यो सोच्नुस ती ब्यक्तिहरुबाट हामिहरुलाइ के के सिकाइ प्राप्त भयो।र जुन गल्ती हामिबाट भयो त्यो कहिले नदोहो¥याउनुस । जुन परिचय,जुन इज्जत ,जुन खुशी ,जुन साथ गुमाएका छौ त्यो फिर्ता लेराएर आफ्नो लागि बाचौ।आफ्ना आमा, बाबा, परिवार ,आफन्त ,सन्तान ,साथिभाइको लागि बाचौ । तर अचेल अनेक समस्या तेर्साउँदै मायाबाट टाढिने र पन्छिने जमातको पनि कमी छैन यहाँ । यस्लाई माया भनिदैँन । भनिन्छ त समय बिताउने माध्यम वा आकर्षण  ।

लेखक : लाक्पा शेर्पा समर्पित
ठेगाना : ताप्लेजुङ हाल धनगडी कैलाली नेपाल
YouTube/ Tiktok : Tech Lakpa
सम्पर्क : +9779804690381
http://www.kailalijobs.wordpress.com