परिबर्तन हुन्छ ,,,,,,,,,,,,,,,,,,,,,, गजल :- लाक्पा शेर्पा समर्पित

गजल :- लाक्पा शेर्पा समर्पित
====================
सपना साकार पार्न जब लगन हुन्छ
जस्को जतन हुन्छ फेरी पतन हुन्छ
=
जो सत्य धर्मको बाटोमा हिड्छ यहा
पत्थर मरुभूमि उसको जीवन हुन्छ
=
अनेक चाहाना लिएर जब विदेसिन्छ
ऊ फर्कदा शव अटाउँने कफन हुन्छ
=
छालमा हराइ बालुवामा लुकेर आए
बिलिन पार्नलाइ हजार दुश्मन हुन्छ
=
बिद्रोह गर्यो नभन हैमलाइ जुट्नुपर्छ
आकाश हल्लाइ यहा परिवर्तन हुन्छ

गजलकार:-लाक्पा शेर्पा समर्पित
धनगडी कैलाली 9804690381

New Nepali romantic song jawani banayau ft lakpa sherpa samarpit -जबानी बनायौ लाक्पा शेर्पा समर्पित

गीत जबानी बनायौ,,,,,,,,,,,,,,,,,,
जीवन हेर अनौठो, कहानी बनायौ
कहानी भित्र एउटा,जवानी बनायौ
=
खडेरीमा ओइलिछ,फेरी पनि फुल्यौ
काँडामा फुलेर फूल,नादानी बनायौ
=
छातीभरि आशाभरी,साथदिन्छु भनि
साथछोडी फेरीकिन,विरानी बनायौ
=
विहानीको थोपाथोपा,शितबनी तिमी
दोबाटोमा झरिजाने,जिन्दगी बनायौ
=
पाहुना भएछौ तिमी,अन्जानको किन
साथ खोजी मेरै हात, सिरानी बनायौ
=
गजलकार:- लाक्पा शेर्पा समर्पित ताप्लेजुङ
हाल धनगडी कैलाली नेपाल 9804690381
Email:-lakpasherpa300@gmail.com
Website;- khojiweb.wordpress.com

गित:- लाउदिन म माया आउदिन भो माया,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,गायक:- लाक्पा शेर्पा समर्पित

चर्चित युवा गायक तथा गजलकार लाक्पा शेर्पा समर्पितको गित;-लाउदिन म माया आउदिन भो माया,,,,,,,,
जुन मुटुमा राख्छु तिमीलाइ, त्यै मुटु दुखाऊने भए
जुन आखामा राख्छु तिमीलाई,त्यै आखा रुवाउने भए
लाउदिन म माया आउदिन भो माया
=
दुनियालाइ देखाउने माया जालमा फसाएर फेरी
अनायसै यो मुटुलाइ ,अधेरीमा लुकाउने भए
जुन मुटुमा राख्छु तिमीलाइ, त्यै मुटु दुखाऊने भए
लाउदिन म माया आउदिन भो माया
=
अन्जानमै वसेको यो हाम्रो चोखो माया पिरती
अटुट नाता गासेर दोबाटोमा सम्बन्ध टुटाउने भए
जुन आखामा राख्छु तिमीलाई,त्यै आखा रुवाउने भए
लाउदिन म माया आउदिन भो माया
=
हजार हजार चाहाहरु तिमी सगै पुरा गर्छु भनी
सिसा सरि सपनाहरू, सबै मेरो फुटाउने भए
सानो सानो निउ पारी ,दुनिया जुटाउने भए
लाउदिन म माया आउदिन भो माया
=
शब्द स्बर सगित:-लाक्पा शेर्पा समर्पित ताप्लेजुङ
हाल धनगडी कैलाली सम्पर्क:-9804690381
email:lakpasherpa300@gmail.com

नबोली नबोली……… लाक्पा शेर्पा समर्पित

नबोली नबोली गीत र गायक
लाक्पा शेर्पा समर्पित
=
नबोली नबोली, माया जालमा
फसायौ॥
छानी छानी मलाई,त्यो दिलमा
बसायौ॥
=
फुलेकी फुलझै बैसमा,रसाएकी
छौ॥
पहिलो पहिलो भेटमै, अगालोमा
कसायौ॥
=
कुनै पल टाढा भए, तिमीबाट
म॥
यादबनि झलझली, यो मनमा
सतायौ॥
=
जीबनमा साथदिने,तिमीमेरी
सगीनि॥
दुखीहुदा खुशीदिई,यो ओठमा
हसायौ
=
गजलकार लाक्पा शेर्पा समर्पित9804690381

मन मुटू ठिक बनाउछु,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,गजल: लाक्पा शेर्पा समर्पित-lakpa shrrpa samarpit gajal:man mutu thik banauchhu…

चर्चित युबा गजलकार लाक्पा शेर्पा समर्पितको एक गजल,,,,,,,,,,,,,,,,,,,नजिक बनाउछु
=
उपचारले हरेक मन मुटू,ठिक बनाउछु
टाढिएका सबैलाइ म,नजिक बनाउछु
=
कोही बसेको भए हृदय,माझमा आएर
केबल उसकै मात्र याद,अधिक बनाउछु
=
जो देशका लागी शहिद,बनेका छन बिर
म सवैको सम्मान गर्दै र,सालिक बनाउछु
=
ससारले एकदिन मेरो,जीबनी सुनाउनेछ
सबैको मनलाइ छोएर,मार्मिक बनाउछु
=
आउनेछ एकदिन दिल,लिन र दिन भनेर
उसैलाइ म जीन्दगीको,मालिक बनाउछु
=
गजलकार:- लाक्पा शेर्पा समर्पित ताप्लेजुङ शेर्पा समाज हाल धनगडी नेपाल साहित्य नेपाल साहित्य परिषद्

कसले कब्जा गर्यो ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,गजल:लाक्पा शेर्पा समर्पित

चर्चित गजलकार लाक्पा शेर्पा समर्पितको दमदार गजल,,,,,
=
मेरो यो कोमल मन कसले कब्जा गर्यो
मेरो मुटु यो धड्कन कसले कब्जा गर्यो
=
जनता कमजोर होकि सरकार कमजोर
हाम्रो यो घर आँगन कसले कब्जा गर्यो
=
भेषभुषा कला र सस्कूति बिर्सिदैछन
शिष्टचारको चलन कसले कब्जा गर्यो
=
यो देशलाइ लुट्ने कोसिस जारी नै छ
साँघुरिंदै छ झन्झन् कसले कब्जा गर्यो
=
आकाशतिरै हुन्छन् आँखा आफन्तको
फर्किएन सन्तान कसले कब्जा गर्यो
=
गजलकार लाक्पा शेर्पा समर्पित