Category Archives: निबन्धहरु

निबन्ध : माया र विश्वास ( लाक्पा शेर्पा समर्पित )

निबन्ध : माया र विश्वास | लेखक ( लाक्पा शेर्पा समर्पित )

माया जिवन जिउने आधार हो, प्रेम जिन्दगी बिताउने चौतारी हो । माया र प्रेमको ’boutमा सोध्यौँ भने सबैले आ-आफ्नै तरिकाले ब्याख्या र परिभाषा दिने गर्छन् ।माया के हो ?  प्रेमे के हो ?  माया र प्रेमको उत्तरको पछाडि दौडियौं भने शायद यसको जवाफ भेट्न सकिदैन होला। विभिन्न युगमा विभिन्न प्रेमी र विद्वानले प्रेमको परिभाषा आ आफ्नो तरिकाले दिएका छन्। जति प्रेमको परिभाषा बुझ्दै गयो त्यति यो प्रेमको गहिराइले हामीलाई डुबाउँदै जान्छ।

यदि कसैसित माया बसेको छ भने उ हामी बिच हुनै पर्छ, उस्को साथ पाउनै पर्छ भन्ने काहा छ र । उ जहाँ भएपनी खुसी होस भन्ने चाहना हामिमा हुनुपर्छ । यदि उ हामी बिच रहदा खुसी हुदैन र घुटन महसुस गरिरहेको छ भने उसलाई सम्बन्धको जालोमा अल्झाएर राख्नुको अर्थ आवश्यकता हो माया होइन ।

मायाप्रती सेकेन्ड धड्कने मुटुको त्यो आवाज हो जुन सुन्ने डेसिबलको हुन्छ तर माया गर्ने मनलाई आभास भैरहन्छ । माया बषौ सम्म बाझो रहेर चिरा परेको खेतको लागि पानीको झरी हो।माया बिहानिको त्यो मिरमिरे घाम हो,जसले सुनौलो दिनको सुरुवात गर्दछ । माया भोको पेटको लागि भोजन ,तिर्खाएको प्यासिको लागि दुई घुट पानी हो । यो मायाको सागरमा जो पौडिन जान्छ उस्को जित हुन्छ त कोही जान्दैन त्यो मान्छे डुब्छ ।यहि मायामा हजारौँ मानिसले आफ्नो भबिष्य बर्बाद गरेका छन् । हजारौँले सुखद जिन्दगी जिएका पनि छन्  । मायामा असफलता पछि हजारौँले नशाको शाहारा लिन बाध्य पनि छन् ।कोही मानसिक सन्तुलन गुमाउन बिबश पनि छन् यो संसारमा । यो माया भन्ने चिज नै यस्तै छ । जब कसैको खुसीमा हाम्रो ओठ मुस्कुराउन थाल्छ । जब कसैको पिडामा हाम्रो आँखा रसाउन थाल्छ । जब कसैको सफलतामा हाम्रो मन हषिर्त हुन थाल्छ । जब कसैसित बिछोडिदा मुटुको धड्कन जोड जोडले धड्कन थाल्छ।जब आफू भोकै बसेर कसैको पेट भर्न मन लाग्छ । जब आफू ओझेलमा परेर कसैलाई सन्सारबिच परिचीत गराउन मन लाग्छ । तब सम्झनुस मुटुको हर धड्कनले उसको नाम पुकारिरहेको छ । हिजो आजका युबा युवतीलाई हेर्छु । मायालाइ आवस्यकता र चाहना शीत तुलना गरेको देख्छु । दुई दिनमा माया गासेर त्यस्रो दिनमा माया तोडेको देख्छु । अनि चौथो दिनमा नयाँ सम्बन्ध जोडेको देख्छु । एक अर्काको साथ नपाउदा आत्महत्या गरेको समाचार सुन्छु । जसलाइ माया गर्छु भन्छन उसकै शरीर पोलेको देख्छु । जो बिना बाँच्दैन भन्छन उसलाई बजारमा नाङ्गो पारेको देख्छु ।  अनि तन मनमा झटकाको महसुस हुन्छ । यो कस्तो माया थियोे । गुलाफको फुल तिर इसारा गर्दै गौतम बुद्धले भनेका थिए ,जसले यो फुल मनपराउछ उसले यो फुल टिपेर लैजान्छ,जसले यो फुललाइ माया गर्छ उसले यो फुलमा मल जल गरेर फक्रिन दिन्छ । माया गर्नु र मन पराउनु बिचको भिन्नतालाई हाम्ले बुझ्न् नसक्दा धेरै अपराध हामिबाट भैरहेको छ ।

मायालाई जसले जसरी परिभाषित गरेपनि ,जस्तो उत्तर दिन खोजेपनि खैर चोखो माया मायामै परिणत हुन्छ । चाहे जस्तोसुकै परिस्थित आओस चाहे बिरोध नै । जस्तोसुकै समस्या आएपनि । जस्ले साँच्चिकै माया गर्छ ,जस्ले एक अर्काकको सम्मान गर्छ , बिश्वास गर्छ मायाको कदर गर्छ । त्यहाँ मायाको अगाडी कसैको केहि चल्ने वाला छैन् । किनकी उनीहरु एक अर्कालाई खुबै माया गर्छन् । यहि हो माया यहि हो प्रेम  । यदि कोहि जिवनबाट गयो भने यो सोच्नुस ती ब्यक्तिहरुबाट हामिहरुलाइ के के सिकाइ प्राप्त भयो।र जुन गल्ती हामिबाट भयो त्यो कहिले नदोहो¥याउनुस । जुन परिचय,जुन इज्जत ,जुन खुशी ,जुन साथ गुमाएका छौ त्यो फिर्ता लेराएर आफ्नो लागि बाचौ।आफ्ना आमा, बाबा, परिवार ,आफन्त ,सन्तान ,साथिभाइको लागि बाचौ । तर अचेल अनेक समस्या तेर्साउँदै मायाबाट टाढिने र पन्छिने जमातको पनि कमी छैन यहाँ । यस्लाई माया भनिदैँन । भनिन्छ त समय बिताउने माध्यम वा आकर्षण  ।

लेखक : लाक्पा शेर्पा समर्पित
ठेगाना : ताप्लेजुङ हाल धनगडी कैलाली नेपाल
YouTube/ Tiktok : Tech Lakpa
सम्पर्क : +9779804690381
http://www.kailalijobs.wordpress.com

देश र भेषमा युवा पुस्ताको माया कस्तो हुनुपर्छ-युबा शाहित्यकार लाक्पा शेर्पा समर्पित

लाक्पा शेर्पा समर्पित/हिजो भोली काठमान्डौ
23 भदौ 2075

        देशको र भेषको माया युबा पुस्तामा हुनु जरूरी छ। हाम्रो देश वास्तवमै बहुगुणले सुसज्जित छ। जलमा विश्वको दोस्रो, प्राकृतिक सौन्दर्य, श्रोत र साधनमा पनि धनी छ। विश्वको सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको उपदेश छ। संसारमा स्वाभिमानी, प्रतिभाशाली, मेहनती र इमान्दार उपमा पाएका गोर्खालीको साहस छ। संसारकै उत्कृष्ट सांस्कृतिक, भौगोलिक, बहुजाति, बहुभाषी, बहुपहिचानबीच आपसी सद्भाव र माया छ। यति धेरै विविधताको देश अरु होला?

यतिका सम्पूर्ण भएको हाम्रो नेपाल सधै गरीब, कमजोर र अविकसित छ तर, कतिपय राष्ट्र यी कुराको अभावबिना प्रतिदिन विकसित हुँदैछ तर, हामी किन पछाडि? हामी सोचौं त। हाम्रा पूर्वको काल्पनिक नेपाल यही हो? भावि सन्ततीको जीवनशैली यही हो? सायद पक्कै होइन।
अंग्रेजले संसारै निल्दासमेत पूर्वजले गिद्धे नजर पर्न दिएनन्। उनीहरु नेपाल नेपालीको मात्र हुनुपर्ने चाहन्थे। भावि पुस्ताको चिन्ता थियो। सुसम्पन्न नेपाल भावि पुस्ताले नै उपयोग गरुन भन्ने चाहन्थे।

नेपालीको अस्तित्वमा आँच नआओस् र दास नबनोस भन्ने चाहन्थे। जीवनको आहुती दिएर नेपाल साँचे। देशको जनसंख्यामध्ये करिब आधा युवाहरुले यस विषयमा एक पल्ट सोचेका छौँ? नयाँ पुस्ताको जीवन कस्तो हुनेछ भनेर? सायद छैनौँ। किनकि हामीसामु पाउनु पर्ने सुविधा छैन भनेपछिको पुस्ताका  ’boutमा  कसरी  सोच्न सक्छौँ।  हामीसँग वर्तमान छैन भविष्यको कल्पना कसरी गर्न सक्छौँ?

आखिर किन निसार, पिल्सिएका,  र निसासिएका छन्? आज युवाहरुले यो प्रश्नको जवाफ खोज्नु जरुरी छ। नेपालको विकास नहुनु र निरासताको कारण के हो?

भौगोलिक र मौसममा सर्वोत्तममध्ये नेपाल एक हो। लगनशीलमा नेपाली जनता झन काममा कर्मष्ठ छन्। राष्ट्रको उच्च ओदामा बस्ने भ्रष्ट नेता सीधा बुझाईमा छ। तर, म ’emमात्र दोषीको भागिदार मान्दिनँ। यदि हो भने देशको उच्च पदमा किन पुर्याषइयो। त्यो पनि बारम्बार। मेरो विचारमा खराब व्यक्तिको चयनकर्ता नै दोषी हो।

त्यो व्यक्ति म स्वयम् हुँ। मेरो सबैभन्दा ठूलो दोष अरुको भर पर्नु हो। अरुको आशमा बस्नु, देश बनाई दिन्छ भन्ने मुर्ख सोचाई राख्नु। गलत व्यक्तिको चयन गर्नुले म दोषी हुँ। एउटा खराब नेता चयन गर्दा हजारौँ भ्रष्टहरुसँगै नियुक्त हुँदा एक भोटले हजारौँ भ्रष्ट जन्मिछन्। म स्वयमले विकास, प्रगति र भविष्य हेरेको भए देशको यस्तो हविगत हुने थिएन। नेपाल संसारकै सुन्दर र सुबिधा सम्पन्न देशमध्ये एक हुन्थ्यो।

जे हुनु भै सक्यो, अब हात-खुट्टा लुलो पार्ने बेला भएको छैन। देश छ।  मेरो जोश र जागर छ। देश विकास नहुनुको कारण थाहा भैसक्यो। अब म किन निराश हुने? अब काम गर्ने बेला आएको छ। त्यसको निम्ति मैले तन, मन र निस्वार्थ देशलाई योगदान गर्नुपर्छ। आजैबाट म जस्तो अवस्थामा रहे पनि देशलाई योगदान गर्नुपर्छ। देशलाई पहिलो सूचीमा राखेर योगदान गर्नुपर्छ।

मैले राष्ट्रियतामा, पौरखी भएर, सृजनशील र प्रगतिशील भएर योगदान गर्नुपर्छ। विवेकशील, अनुशासित र मर्यादित भएर देशलार्इ योगदान गर्नुपर्छ। सम्पूर्ण नेपालीलाई एकै परिवार मानेर एक आपसमा एकता कायम गरेर योगदान गर्नुपर्छ। लेखक ;- लाक्पा शेर्पा समर्पित-Lakpa Sherpa Samarpit

 

युबा नेता गायक चर्चित गजलकार तथा गीतकार लाक्पा शेर्पा समर्पितको देशलाई माया गरेर दमदार गजल lakpa sherpa samarpit

गजल देशलाई माया गरेर
=
मग्म गाउँनु पर्छ युबा मिठो
बास्ना छरेर॥
किन हुन्न सुखशान्ति देशलाई
माया गरेर॥
=
गुलाब झै फूल्नुपर्छ दुनियाको
नजरमा सधै॥
के मिल्छ र बिना सित्ति भिर
पाखा गरेर॥
=
प्रभात बनि मुस्कुराउँ मिलेर
एक आपसमा॥
बिहानीको किरण फेरि पाईन्छ
तारा झरेर।।
=
गगनको जूनतारा झैँ शीतल
ज्योति छर्नुपर्छ॥
नाश हुन्छ बुद्धि विवेक व्यर्थै
आँखा तरेर॥
=
हीरा मोती सुन फल्छ पसिना
बगाए देशमा॥
जुटौं आजै बनाऔं मुलुक हुन्न
बाधा टरेर॥
=
गजलकार लाक्पा शेर्पा समर्पित काठमान्डौ हाल महाकाली

फुल र काडामा प्यार …..गजल र गजलकार लाक्पा शेर्पा समर्पित Gajal by lakpa sherpa samarpit

गजल लाक्पा शेर्पा समर्पित
=
खुकुरी र अचानोको आधार
बनाउछु॥
फुल र काडा बिचमा प्यार
बनाउछु॥
=
थोरै भएमा अभाब धेरै भए
चिन्ता हुने॥
आकाश धर्ति बिचमा ससार
बनाउछु॥
=
नाफा घाटा भन्दा फरक पिडा
भिन्न हुने॥
अभाब दुख पिडाको ब्यापार
बनाउछु॥
=
गणतन्त्र लोकतन्त्र हैन अब
मनतन्त्र॥
जनचाहा बुझ्ने म सरकार बनाउछु॥
=
देश जनता लुट्ने भ्रष्ट्रचारी
गुण्डालाई॥
लुटेरालाई अब म खबरदार
बनाउछु॥
=
गजलकार लाक्पा शेर्पा समर्पित ताप्लेजुङ हाल धनगडी कैलाली

चर्चित गजलकार सगितकार मोडल गायक लाक्पा शेर्पा समर्पितको उत्कृष्ठ गजल गीत काडा बिच सुन्दर फुल Sundar phool by lakpa sherpa samarpit

गीत गजल सुन्दर फुल थियो
=
काडा बिचमा सुन्दर फुल
थियो॥
फुलेको फुलरोज्नु मेरो भुल
थियो॥
=
प्यासि थिए म तड्पिएको
थिए॥
समिपै मेरो पानीको मुल
थियो॥
=
एक्लो अधुरो अनौठो लाग्छ
किन॥
उनि बिना मानिसको हुल
थियो॥
=
सम्बन्ध त्यो स्बिकार्य थियो
कसरी॥
उनको मेरो फरकफरक कुल
थियो॥
=
ससार भन्छन गोलो छ भन्ने
ज्ञाताहरु॥
उनलाई मलाई जोड्ने पुल
थियो॥
=
गजलकार#लाक्पा शेर्पा
समर्पित ताप्लेजुङ हाल
धनगडि कैलाली नेपाळ
2073 मसिर 10गते

New nepali superhit song darsan namaste 4 by lakpa sherpa samarpit/दर्सन नमस्ते 4 लाक्पा शेर्पा समर्पित काठमान्डौ नेपाल

गीत;दर्सन नमस्ते 4
=
यो मुटुमा आउने भए आउ कोही जाने भए जाउ॥2
आउनेलाई दर्षन जानेलाई दर्शन॥2
दर्सन नमस्ते ल है दर्सन नमस्ते॥2
सबै सबैलाई मेरो दर्सन नमस्ते, दर्सन दर्सन नमस्ते॥
=
चोखो माया लाकै हो लेकबेशी धाकै हो॥
जुनीभर केबल मैले तिमीलाई चाकै हो॥
चोखोमाया लाए किन धोका होला॥
चोखो माया लाउनेलाई दर्सन
मेरै निम्ति धाउनेलाई दर्सन
दर्सन नमस्ते ल है दर्सन नमस्ते॥2
=
सर्बगुण सम्पन्न अप्सरा भन्दा पनि माथी छौ॥
मेरोलागी सबैभन्दा तिमी नै त जाती छौ॥
धप्प धप्प बलेकीलाई दर्सन ॥ फुलसरि फुलेकीलाई दर्सन॥
दर्सन नमस्ते ल है दर्सन नमस्ते॥2
सबै सबैलाई मेरो दर्सन नमस्ते, दर्सन दर्सन नमस्ते॥
=
शब्द सगित लाक्पा शेर्पा समर्पित सुनधारा नेपाल

सन्देश खबरदार नेता जी गजल र लाक्पा शेर्पा समर्पित

गजलकारको छोटो सन्देश गजलमार्फत खबरदार र गजलकार लाक्पा शेर्पा समर्पित
=
जुन देखेर तारालाई भुल्यो भने खबरदार॥
चुनाब जितेर नारा भुल्यो भने खबरदार॥
=
देशको मुहार फेर्छुभनि छातीमा हात राखेर॥
जनतालाई दिएको बाचा भुल्यो भने खबरदार॥
=
केन्द्रमा पुग्न खुट्टा सम्म ढोग्न पछि नपर्ने॥
स्बार्थ पुगेपछि अभिभारा भुल्यो भने खबरदार॥
=
राजनैतिक अस्थिरता उस्तै भ्रष्ट्रचार हाबी॥
सहिदको रगत धारा भुल्यो भने खबरदार॥
=
एकले बिकास गर्दा आको बाधा बन्ऩे चलन॥
नया नेपालको नयापारा भुल्यो भने खबरदार॥
=
गजलकार लाक्पा शेर्पा समर्पित ताप्लेजुङ झापा हाल सुनधारा काठमान्डौ अध्ययन कार्यक्षेत्र धनगडी कैलाली नेपाल
=
email:lakpasherpa300@gmail.com9804690381
=
पढ्नुभयो धन्यबाद

रोमान्टिक गीत केसै फरर रचनाकार लाक्पा शेर्पा समर्पित

गीत;हाबा चल्यो सरर….. /लाक्पा शेर्पा समर्पित
=
पारी त्यो डाडामा हाबा चल्यो सरर॥
तिमीलाई मेरो बनाउने राग्यो रहर॥
=
जाउ जाउ माया रेलैमा घुम्नलाई॥
आकोछु नि मत तिमीलाई चुम्नलाई॥
मैयाको बोलीले मेरो मन भयो हरर॥
पारी त्यो डाडामा हाबा चल्यो सरर॥
=
गुराश फुल्यो ढकमक्क त्यो बनैभरि॥
दुनियामै तिमी फुल्यो यो मनैभरि॥
चिसो हाबाले तिम्रो केसै उड्यो फरर॥
तिमीलाई मेरो बनाउने राग्यो रहर॥
=
शब्द सगीत;लाक्पा शेर्पा समर्पित ताप्लेजुङ झापा हाल सुनधारा काठमान्डौ नेपाल
=
सुझाबको पर्खाईमा छु॥
email:lakpasherpa300@gmail.com 9804690381
=
http://www.kailalijobs.wordpress.com
=
पढ्नु भयो धन्यबाद॥

Nepali supurhit aadhuni song meri rani banayo ft by lakpa sherpa samarpit-(मेरी रानी बनायो………लाक्पा शेर्पा समर्पित )

गीत;मेरो रानी बनायो……….
=
बालपन खेली बित्यो जबानी आयो॥
हिजोको हाम्रो कथाले कहानी बनायो॥
दैबले तिमीलाई मेरो रानी बनायो॥
=
भुलेर दुनिया रमाउ हामी सग सगै माया॥
तिमीसगै खुशी हुने मेरो बानी बनायो॥
दैबले तिमीलाई मेरो रानी बनायो॥
हिजोको हाम्रो कथाले कहानी बनायो॥
=
म त तिम्रैलागी तिमी मेरैलागी पर्खेर बस्दा॥
म भमरा तिमीलाई फुलबारी बनायो॥
जुनीभर हाम्रो एऊटै सिरानी बनायो॥
हिजोको हाम्रो कथाले कहानी बनायो॥
=
शब्द सगीत लाक्पा शेर्पा समर्पित काठमान्डौ नेपाल

ए रातो पछ्योरीले मेरो दिल चोर्यो नक्कली मोरीले र लाक्पा शेर्पा समर्पित काठमान्डौ नेपाल

गजल गीत;दिल चोर्यो….. लाक्पा शेर्पा समर्पित
=
तिमीसगै माया जाल बुन्न आको छु॥
कैदगरि मनको जेलमा थुन्न आको छु॥
(ए रातो पछ्योरीले)2 मेरो दिल चोर्यो नक्कली मोरीले
=
एकान्तमा यादबनि सधैसधै आउछ्यो॥
मुटुभरि प्यारबोकी मलाई नै सताऊछौ॥
डालीभाची फुलटिपी तिम्रो शिर सजाउछु॥
माला जस्तै माया मेरो उन्न आको छु॥
=
मलाई बुझ म सगै माया लाई भन्दिन॥
मेरैनिम्ति दुनियाको साथ छोड भन्दिन॥
छलकपट पापी मनको दैबले नै जानोस॥
तिम्रो मनको ढुक ढुकी सुन्न आको छु॥
=
शब्द सगीत:लाक्पा शेर्पा समर्पित काठमान्डौ नेपाल