Category Archives: गजल

देश र भेषमा युवा पुस्ताको माया कस्तो हुनुपर्छ-युबा शाहित्यकार लाक्पा शेर्पा समर्पित

लाक्पा शेर्पा समर्पित/हिजो भोली काठमान्डौ
23 भदौ 2075

        देशको र भेषको माया युबा पुस्तामा हुनु जरूरी छ। हाम्रो देश वास्तवमै बहुगुणले सुसज्जित छ। जलमा विश्वको दोस्रो, प्राकृतिक सौन्दर्य, श्रोत र साधनमा पनि धनी छ। विश्वको सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको उपदेश छ। संसारमा स्वाभिमानी, प्रतिभाशाली, मेहनती र इमान्दार उपमा पाएका गोर्खालीको साहस छ। संसारकै उत्कृष्ट सांस्कृतिक, भौगोलिक, बहुजाति, बहुभाषी, बहुपहिचानबीच आपसी सद्भाव र माया छ। यति धेरै विविधताको देश अरु होला?

यतिका सम्पूर्ण भएको हाम्रो नेपाल सधै गरीब, कमजोर र अविकसित छ तर, कतिपय राष्ट्र यी कुराको अभावबिना प्रतिदिन विकसित हुँदैछ तर, हामी किन पछाडि? हामी सोचौं त। हाम्रा पूर्वको काल्पनिक नेपाल यही हो? भावि सन्ततीको जीवनशैली यही हो? सायद पक्कै होइन।
अंग्रेजले संसारै निल्दासमेत पूर्वजले गिद्धे नजर पर्न दिएनन्। उनीहरु नेपाल नेपालीको मात्र हुनुपर्ने चाहन्थे। भावि पुस्ताको चिन्ता थियो। सुसम्पन्न नेपाल भावि पुस्ताले नै उपयोग गरुन भन्ने चाहन्थे।

नेपालीको अस्तित्वमा आँच नआओस् र दास नबनोस भन्ने चाहन्थे। जीवनको आहुती दिएर नेपाल साँचे। देशको जनसंख्यामध्ये करिब आधा युवाहरुले यस विषयमा एक पल्ट सोचेका छौँ? नयाँ पुस्ताको जीवन कस्तो हुनेछ भनेर? सायद छैनौँ। किनकि हामीसामु पाउनु पर्ने सुविधा छैन भनेपछिको पुस्ताका  ’boutमा  कसरी  सोच्न सक्छौँ।  हामीसँग वर्तमान छैन भविष्यको कल्पना कसरी गर्न सक्छौँ?

आखिर किन निसार, पिल्सिएका,  र निसासिएका छन्? आज युवाहरुले यो प्रश्नको जवाफ खोज्नु जरुरी छ। नेपालको विकास नहुनु र निरासताको कारण के हो?

भौगोलिक र मौसममा सर्वोत्तममध्ये नेपाल एक हो। लगनशीलमा नेपाली जनता झन काममा कर्मष्ठ छन्। राष्ट्रको उच्च ओदामा बस्ने भ्रष्ट नेता सीधा बुझाईमा छ। तर, म ’emमात्र दोषीको भागिदार मान्दिनँ। यदि हो भने देशको उच्च पदमा किन पुर्याषइयो। त्यो पनि बारम्बार। मेरो विचारमा खराब व्यक्तिको चयनकर्ता नै दोषी हो।

त्यो व्यक्ति म स्वयम् हुँ। मेरो सबैभन्दा ठूलो दोष अरुको भर पर्नु हो। अरुको आशमा बस्नु, देश बनाई दिन्छ भन्ने मुर्ख सोचाई राख्नु। गलत व्यक्तिको चयन गर्नुले म दोषी हुँ। एउटा खराब नेता चयन गर्दा हजारौँ भ्रष्टहरुसँगै नियुक्त हुँदा एक भोटले हजारौँ भ्रष्ट जन्मिछन्। म स्वयमले विकास, प्रगति र भविष्य हेरेको भए देशको यस्तो हविगत हुने थिएन। नेपाल संसारकै सुन्दर र सुबिधा सम्पन्न देशमध्ये एक हुन्थ्यो।

जे हुनु भै सक्यो, अब हात-खुट्टा लुलो पार्ने बेला भएको छैन। देश छ।  मेरो जोश र जागर छ। देश विकास नहुनुको कारण थाहा भैसक्यो। अब म किन निराश हुने? अब काम गर्ने बेला आएको छ। त्यसको निम्ति मैले तन, मन र निस्वार्थ देशलाई योगदान गर्नुपर्छ। आजैबाट म जस्तो अवस्थामा रहे पनि देशलाई योगदान गर्नुपर्छ। देशलाई पहिलो सूचीमा राखेर योगदान गर्नुपर्छ।

मैले राष्ट्रियतामा, पौरखी भएर, सृजनशील र प्रगतिशील भएर योगदान गर्नुपर्छ। विवेकशील, अनुशासित र मर्यादित भएर देशलार्इ योगदान गर्नुपर्छ। सम्पूर्ण नेपालीलाई एकै परिवार मानेर एक आपसमा एकता कायम गरेर योगदान गर्नुपर्छ। लेखक ;- लाक्पा शेर्पा समर्पित-Lakpa Sherpa Samarpit

 

चर्चित गजलकार समर्पितको दमदार गजल हुन्छन कि

गजल “हुन्छन कि हुदैनन”
=
मायामा करार हुन्छन कि
हुदैनन॥
मनचोरी फरार हुन्छन कि
हुदैनन॥
=
सुख दुख भन्छन यहा मान्छे
हरु सधै॥
जीन्दगीमा दरार हुन्छन कि
हुदैनन॥
=
नाम दाम कमाएर चर्चामा
आउने॥
सबैको बिचार हुन्छन कि
हुदैनन॥
=
सानो गल्ति सुधार समयमै
नभएमा॥
एकदुई हुदै हजार हुन्छन कि
हुदैनन॥
=
कौडीमा मानब बेचिए छन
सुनिन्छ॥
यौबनको बजार हुन्छन कि
हुदैनन॥
=
गजलकार लाक्पा शेर्पा समर्पित ताप्लेजुङ हाल धनगडी कार्य कञ्चनपुर नेपाल

बुझ्यो पक्कै बुझ्यो प्यारबाट गजल र गायक गजलकार लाक्पा शेर्पा समर्पित

गजलकार लाक्पा शेर्पा समर्पित
गजल:बुझ्यो पक्कै बुझ्यौ
=
बुझ्यो पक्कै बुझ्यो केहि त यो
अनुहारबाट॥
हर बखत टाडा हुनै दिन्न मेरो
प्यारबाट॥
=
आशा मात्र दिलाएर आज भोली
भनि टारीने॥
अबभने पक्कै केहि होला देशको
सरकारबाट॥
=
काडेतार होस हतियार कतै
नझुक्ने मन॥
घायलै पार्यो मलाई तिम्रो त्यो
सृगारबाट॥
=
मनमा कुरा खेलिरहे सधैसधै
नशालु आखाको॥
तिमीलाई मेरो रानी चुने आज हजारबाट॥
=
उपहार के दिउ हिरा कि मोती
जुनको ज्योती॥
ल्याईदिए चुरापोते रातोसाडी
बजारबाट॥
=
ज्यानै रहे सम्म तिमीलाई यो
मनमा राख्छु॥
भुल्नेछैन कैले तिमीलाई मनको
किनारबाट॥
=
गजलकार लाक्पा शेर्पा समर्पित मेची हाल महाकाली नेपाल

युबा नेता गायक चर्चित गजलकार तथा गीतकार लाक्पा शेर्पा समर्पितको देशलाई माया गरेर दमदार गजल lakpa sherpa samarpit

गजल देशलाई माया गरेर
=
मग्म गाउँनु पर्छ युबा मिठो
बास्ना छरेर॥
किन हुन्न सुखशान्ति देशलाई
माया गरेर॥
=
गुलाब झै फूल्नुपर्छ दुनियाको
नजरमा सधै॥
के मिल्छ र बिना सित्ति भिर
पाखा गरेर॥
=
प्रभात बनि मुस्कुराउँ मिलेर
एक आपसमा॥
बिहानीको किरण फेरि पाईन्छ
तारा झरेर।।
=
गगनको जूनतारा झैँ शीतल
ज्योति छर्नुपर्छ॥
नाश हुन्छ बुद्धि विवेक व्यर्थै
आँखा तरेर॥
=
हीरा मोती सुन फल्छ पसिना
बगाए देशमा॥
जुटौं आजै बनाऔं मुलुक हुन्न
बाधा टरेर॥
=
गजलकार लाक्पा शेर्पा समर्पित काठमान्डौ हाल महाकाली

खतरा भो…….. कर्मठ जुझारु युबा नेता गजलकार गायक पत्रकार लगायत प्रतिभाबान लाक्पा शेर्पा समर्पित /khatara bho gajal ft by lakpa sherpa samarpita 9804690381

गजल :खतरा भो…….
=
खराब आनीबानी,जबानी
खतरा भो॥
तिमी मन पर्यो,भनेर सानी
खतरा भो॥
=
तिम्रो रानी भनि,अगालोमा
बेर्यो तानी॥
अनौठो तिम्रो मायाको,खानी
खतरा भो॥
=
छिमेकीले सिमना,मिच्नेछन
बिगत झै॥
लिपुलेख बचाउ,कालाकानी
खतरा भो॥
=
अचुक तिम्रो प्रहार,नयनको
तिर थियो॥
हाम्रो त्यो कहानी, निशानी
खतरा भो॥
=
देशको केन्द्र सबैको,गन्तब्य
बनेको छ॥
मानबकै ढुबानी,राजधानी
खतरा भो॥
=
गजलकार लाक्पा शेर्पा समर्पित ताप्लेजुङ हाल धनगडी कैलाली email:lakpasherpa300@gmail.com

गजल प्यार बोकेर….. चर्चित गजलकार लाक्पा शेर्पा समर्पित ताप्लेजुङ हाल धनगडी कैलाली

गजल प्यार बोकेर…..
=
अथाह प्यार बोकेर दिलमा
ताल्चा ठोकेर॥
देउराली भाकेर तिमी मेरो
मान्छे सोचेर॥
=
सम्झना छ आज ताजै भनेको
मेरो राजै॥
बोलाएको मलाई चौतारीमा
धेरै खोकेर॥
=
अजम्बरी माया जाल कस्को
कति लाग्छ खै॥
थाहापाए कतिराम्रो तराजुमा
माया जोखेर॥
=
आत्मा कहा छ भन्छन कोही
भन्छन हजुर॥
ईश्बर भेटिन्छन यहा ढुङगा
पत्थर ढोगेर॥
=
चिन्नु नैछ साचो माया बाकी
केहि छैन गाह्रो॥
सकिन्छ छ र सागर रुपीप्रेम
एकदिन पोखेर॥
=
गजलकार लाक्पा शेर्पा समर्पित ताप्लेजुङ हाल धनगडी कैलाली

बिश्ब चर्चित करोडौको मन जित्न सफल गायक गीतकार गजलकार मोडल तथा कबि लाक्पा शेर्पा समर्पितको आर्को झटारोगीत दिलको सिमानामा youtubeमा भिडियो हेर्न lakpa sherpa samarpit लेखी Subscribe गरिदिनु होला गजल गीत दिलको सिमानामा

लाक्पा शेर्पा समर्पितको आर्को झटारोगीत दिलको सिमानामा youtubeमा भिडियो हेर्न lakpa sherpa samarpit लेखी Subscribe गरिदिनु होला गजल गीत दिलको सिमानामा
=
नाका लगायौ,तिमीले दिलको
सिमानामा॥
नयनको प्रहार,मलाई पारेर
निशानामा॥
=
किनकिन तिम्रो,मायामा डुब्दै
डुब्दै गए म॥
अल्झेको छु आज,म तिम्रो त्यो
बहानामा॥
=
कैदगरि राखेको छ,यो मनको
थानामा॥
लेखेछु मैले तिम्रो नाम दिलको
पानामा॥
=
तिम्रोमन जितेर,एकदिन मेरो
बनाएर॥
देखाईदिन्छु तिमीलाई मायाकै
खजानामा॥
=
खुले आम आज, तिमीले गरे
पनि हमला॥
तिमी खुशि हुनेछौ,प्रिया मेरो
चाहानामा॥
=
शब्द लाक्पा शेर्पा समर्पित ताप्तेजुङ हाल धनगडी कैलाली

New Nepali Superhit gajal song…..maya ko nagara ft lakpa sherpa samarpit.2017-चर्चित गायक मोडल लाक्पा शेर्पा समर्पितको गजल गीत मायाको नगर

गजल गीत मायाको नगर
=
धेरै रमाईलो,त्योसाफे बगर॥
आउदैछु चाडै,मायाको नगर॥
=
जाउ न सानी,पोखरा आजै॥
तिमीसगै घुम्न,लाग्यो रहर॥
=
कसको बिश्बास,कलियुगैमा॥
किनकिन मलाई,तिम्रै छ भर॥
=
तिमी मेरो सर्बश्ब,भन्दिन॥
तिम्रैलागी पिउन,सक्छु जहर॥
=
तिमी हामी,नौ डाडा पारी॥
जाउ मैया लान्छु,मेरो शहर॥
=
शब्द;लाक्पा शेर्पा समर्पित ताप्लेजुङ हाल धनगडी कैलाली

नेपाली शेर्पा गीत…मनमिले लाक्पा शेर्पा समर्पितको New nepali tittle powerful sherpa song manmile ft Lakpa Sherpa Samarpit

नया शेर्पा गजल गीत मनपरी लाक्पा शेर्पा समर्पितको प्रस्तुति
=
गुराश फुलेको, माथी हिमाल लेकैमा॥
झ्याप्पै मैच्याङ मनपरी,पैलो भेटैमा॥
=
शिरफुल दिउला म,तिमीलाई शिरैमा॥
ढल्केरजाने जोबन,ख्यालगर बेलैमा॥
=
धेरै ढिपी नगर,भाग्यको खेलै खेलैमा॥
जाउहिड मसित,पर्नेछौ गुन्डा फेलैमा॥
=
तिम्रो मेरो भेट भयो सल्लेरी मेलैमा॥
मनको कुरा सुनाको चौतारी फेदैमा॥
=
थुनेर मैच्याङलाई, मायाको जेलैमा॥
लैजान्छ च्याङ्बाले,घुम्तीहुदै रेलैमा॥
=
गितकार लाक्पा शेर्पा समर्पित ताप्लेजुङ हाल धनगडी कैलाली

छोटो समयमै दर्शकको मन जित्दै चर्चित हुन सफल गजलकार लाक्पा शेर्पा समर्पितको गजलlakpa sherpa samarpit सबाल रैछemail:lakpasherpa300@gmail.com

सफल चर्चित युबा गजलकार लाक्पा शेर्पा समर्पितको गजल जिन्दगीमा सबाल रैज
=
मन मेरो घायल भयो त्यो रुप
कमाल रैछ॥
मानिसको जीन्दगीमा धेरै धेरै
सबाल रैछ॥
=
कहिले हसाउने कैले रुबाउने
झरि जस्तो॥
माया मन बहकाउने हरिणको
चाल रैछ॥
=
बुझ्नै गाह्रो हूदो रैछ साह्रो यो
माया हजुर॥
मुटुको मेल कसैलाई माकराको
जाल रैछ॥
=
माया चारैतिर केबल मायाकै
चर्चा हुदा॥
मृगतिष्णा तर,कसैलाई माया
फालफाल रैछ॥
=
डुबाउने कसैलाई कोही लाने
किनारामा॥
जीन्दगी बगेर जाने पानीको
छाल रैछ॥
=
गजलकार लाक्पा शेर्पा समर्पित ताप्लेजुङ हाल धनगडी कैलाली email:lakpasherpa300@gmail.com