गजलकार : लाक्पा शेर्पा समर्पित गजल : दिलमा सजाउछु भन्छौ

गजल : दिलमा सजाउछु भन्छौ

तिमी चुराको झङ्कार बजाऊछु भन्छौ

आऊनु म मेरो दिलमा सजाऊछु भन्छौ

जुनेली त्यो रातमा तिमी र म साथमा ।

त्यो घुम्टो खोल्दै थोरै लजाऊछु भन्छौ

हातमा चुरा छन पाउमा पाउजु छमछम

फेरि इशारामा गीत एक गाऊछु भन्छौ

तिम्रो ओठमा मात छ,मोहनी आँखामा

पिरतीले सिंगारेर घर बसाऊछु भन्छौ ।

चारैतिर सुनसान तिम्रो मधुर बास्ना छ

झम्के यो साँझलाई फकाऊछु भन्छौ ।।

गजलकार : लाक्पा शेर्पा समर्पित

ताप्लेजुङ हाल धनगढी कैलाली नेपाल

#गजल#gazal#Gajal#Techlakpa #lakpasherpa #lakpasherpasamarpit #nepaligajal #sherpa

टिप्पणी छोड्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.