घरमा बुहारी हेपिने हिसाब के छ – लाक्पा शेर्पा समर्पित

गजल

प्रत्येक घरमा बुहारी हेपिने हिसाब के छ
पछि बगलीमा छुरा देखिने हिसाब के छ

अबुझ होकी मूर्ख समाज हुने जानि जानी
दाइजोकै नाउँमा गला रेटिने हिसाब के छ

यहाँ कस्तो हो जमाना भन्न सकिदैन हो
घटना नै अखबारमा लेखिने हिसाब के छ

घर चुल्होमा ब्यस्त छोरीको जीवन हुदा
छोरो भने भट्टीमा नै भेटिने हिसाब के छ

गजल :- लाक्पा शेर्पा समर्पित

धनगडी कैलाली नेपाल

सम्पर्क :- 9804690381