Category Archives: उपन्यासहरु

देश र भेषमा युवा पुस्ताको माया कस्तो हुनुपर्छ-युबा शाहित्यकार लाक्पा शेर्पा समर्पित

लाक्पा शेर्पा समर्पित/हिजो भोली काठमान्डौ
23 भदौ 2075

        देशको र भेषको माया युबा पुस्तामा हुनु जरूरी छ। हाम्रो देश वास्तवमै बहुगुणले सुसज्जित छ। जलमा विश्वको दोस्रो, प्राकृतिक सौन्दर्य, श्रोत र साधनमा पनि धनी छ। विश्वको सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको उपदेश छ। संसारमा स्वाभिमानी, प्रतिभाशाली, मेहनती र इमान्दार उपमा पाएका गोर्खालीको साहस छ। संसारकै उत्कृष्ट सांस्कृतिक, भौगोलिक, बहुजाति, बहुभाषी, बहुपहिचानबीच आपसी सद्भाव र माया छ। यति धेरै विविधताको देश अरु होला?

यतिका सम्पूर्ण भएको हाम्रो नेपाल सधै गरीब, कमजोर र अविकसित छ तर, कतिपय राष्ट्र यी कुराको अभावबिना प्रतिदिन विकसित हुँदैछ तर, हामी किन पछाडि? हामी सोचौं त। हाम्रा पूर्वको काल्पनिक नेपाल यही हो? भावि सन्ततीको जीवनशैली यही हो? सायद पक्कै होइन।
अंग्रेजले संसारै निल्दासमेत पूर्वजले गिद्धे नजर पर्न दिएनन्। उनीहरु नेपाल नेपालीको मात्र हुनुपर्ने चाहन्थे। भावि पुस्ताको चिन्ता थियो। सुसम्पन्न नेपाल भावि पुस्ताले नै उपयोग गरुन भन्ने चाहन्थे।

नेपालीको अस्तित्वमा आँच नआओस् र दास नबनोस भन्ने चाहन्थे। जीवनको आहुती दिएर नेपाल साँचे। देशको जनसंख्यामध्ये करिब आधा युवाहरुले यस विषयमा एक पल्ट सोचेका छौँ? नयाँ पुस्ताको जीवन कस्तो हुनेछ भनेर? सायद छैनौँ। किनकि हामीसामु पाउनु पर्ने सुविधा छैन भनेपछिको पुस्ताका  ’boutमा  कसरी  सोच्न सक्छौँ।  हामीसँग वर्तमान छैन भविष्यको कल्पना कसरी गर्न सक्छौँ?

आखिर किन निसार, पिल्सिएका,  र निसासिएका छन्? आज युवाहरुले यो प्रश्नको जवाफ खोज्नु जरुरी छ। नेपालको विकास नहुनु र निरासताको कारण के हो?

भौगोलिक र मौसममा सर्वोत्तममध्ये नेपाल एक हो। लगनशीलमा नेपाली जनता झन काममा कर्मष्ठ छन्। राष्ट्रको उच्च ओदामा बस्ने भ्रष्ट नेता सीधा बुझाईमा छ। तर, म ’emमात्र दोषीको भागिदार मान्दिनँ। यदि हो भने देशको उच्च पदमा किन पुर्याषइयो। त्यो पनि बारम्बार। मेरो विचारमा खराब व्यक्तिको चयनकर्ता नै दोषी हो।

त्यो व्यक्ति म स्वयम् हुँ। मेरो सबैभन्दा ठूलो दोष अरुको भर पर्नु हो। अरुको आशमा बस्नु, देश बनाई दिन्छ भन्ने मुर्ख सोचाई राख्नु। गलत व्यक्तिको चयन गर्नुले म दोषी हुँ। एउटा खराब नेता चयन गर्दा हजारौँ भ्रष्टहरुसँगै नियुक्त हुँदा एक भोटले हजारौँ भ्रष्ट जन्मिछन्। म स्वयमले विकास, प्रगति र भविष्य हेरेको भए देशको यस्तो हविगत हुने थिएन। नेपाल संसारकै सुन्दर र सुबिधा सम्पन्न देशमध्ये एक हुन्थ्यो।

जे हुनु भै सक्यो, अब हात-खुट्टा लुलो पार्ने बेला भएको छैन। देश छ।  मेरो जोश र जागर छ। देश विकास नहुनुको कारण थाहा भैसक्यो। अब म किन निराश हुने? अब काम गर्ने बेला आएको छ। त्यसको निम्ति मैले तन, मन र निस्वार्थ देशलाई योगदान गर्नुपर्छ। आजैबाट म जस्तो अवस्थामा रहे पनि देशलाई योगदान गर्नुपर्छ। देशलाई पहिलो सूचीमा राखेर योगदान गर्नुपर्छ।

मैले राष्ट्रियतामा, पौरखी भएर, सृजनशील र प्रगतिशील भएर योगदान गर्नुपर्छ। विवेकशील, अनुशासित र मर्यादित भएर देशलार्इ योगदान गर्नुपर्छ। सम्पूर्ण नेपालीलाई एकै परिवार मानेर एक आपसमा एकता कायम गरेर योगदान गर्नुपर्छ। लेखक ;- लाक्पा शेर्पा समर्पित-Lakpa Sherpa Samarpit

 

नेपाली मनको साथ छ प्यारो देश नेपाल कबिता बहुमूखी प्रतिभाका धनी ब्यक्ति कवि लाक्पा शेर्पा समर्पितको राष्ट प्रेम र एकता सम्बन्धी लेख्नु भएका कबिता हो

कबिता:-नेपाल :लाक्पा शेर्पा समर्पित(नेपाल)
=
नेपाली मनको साथ छ प्यारो देश नेपाल&
बुद्धको देश शान्तिको देश शिरमा हिमाल&
=
नदि र नाला,झरना भाको विश्वको सुन्दर&
बीर को देश भनेर चिन्ने हाम्रो देश नेपाल
=
बुद्धको देश शान्तिको देश नेपाल आज खै
लुट र फुट, हत्या र हिंशा किन भो बेहाल&
=
अनेक छन भाषा अनेक छन धर्म सस्कृति
बिकृति हटाइ सद्भाब बाडी जोगाऊ नेपाल
=
विश्वको छानो नेपाली मन जोगाउ मिलेर&
जुनतारा टेक्ने ठाउ बनाऊछौ देश नेपाल&
=
हामी सबै परेका छौ भ्रममा कुर्सिको खेलले
भोगेर पिडा नेताको झेल दुखेको छ नेपाल
=
घरेलु नोकर बन्दैछौ हामी विश्वको बजारमा
सगरमाथा रुदैछ शान्तिको खोजीमा नेपाल
=
कबि:- लाक्पा शेर्पा समर्पित(नेपाल)ताप्लेजुङ
हाल धनगडी कैलाली नेपाल
email:- lakpasherpa300@gmail.com

सबै घाउ पिडाको औषधी मलम बनाउछू,,,,,,,,,,,,,,,,,,,गजल:लाक्पा शेर्पा समर्पित

गजल,,,,,,,,,,,,,,,,,,,,,,,,,,,मलम वनाउछू
लाक्पा शेर्पा समर्पित
=
सबै पिडा घाउको ओखती मलम बनाउछू
कसैलाइ मेरो यो जिवनमा अहम बनाउछू
=
हेर्नेहेरी रहून वोल्ने वोलि रहून यस्तै हून्छ
पृथक भाग्य रेखा लेखिने कलम बनाउछू
=
आभास कतै हून दिन्न एक्लो पनको कैलै
तिमी सगै दूख खुश बाड्ने कदम बनाउछू
=
रातपछि दिन हजूर बिछोड पछि भेट हूने
अध्यारो ससारमा ज्याेती चमचम बनाउछू
=
भूल्दै छन रितीरिवाज कला सस्कृती सबै
यो समाजमा फेरी म लाज सरम बनाउछू
=
गजलकार लाक्पा शेर्पा समर्पित धनगडी
9804690381 सम्पर्क

बुझ्यो पक्कै बुझ्यो प्यारबाट गजल र गायक गजलकार लाक्पा शेर्पा समर्पित

गजलकार लाक्पा शेर्पा समर्पित
गजल:बुझ्यो पक्कै बुझ्यौ
=
बुझ्यो पक्कै बुझ्यो केहि त यो
अनुहारबाट॥
हर बखत टाडा हुनै दिन्न मेरो
प्यारबाट॥
=
आशा मात्र दिलाएर आज भोली
भनि टारीने॥
अबभने पक्कै केहि होला देशको
सरकारबाट॥
=
काडेतार होस हतियार कतै
नझुक्ने मन॥
घायलै पार्यो मलाई तिम्रो त्यो
सृगारबाट॥
=
मनमा कुरा खेलिरहे सधैसधै
नशालु आखाको॥
तिमीलाई मेरो रानी चुने आज हजारबाट॥
=
उपहार के दिउ हिरा कि मोती
जुनको ज्योती॥
ल्याईदिए चुरापोते रातोसाडी
बजारबाट॥
=
ज्यानै रहे सम्म तिमीलाई यो
मनमा राख्छु॥
भुल्नेछैन कैले तिमीलाई मनको
किनारबाट॥
=
गजलकार लाक्पा शेर्पा समर्पित मेची हाल महाकाली नेपाल

युबा नेता गायक चर्चित गजलकार तथा गीतकार लाक्पा शेर्पा समर्पितको देशलाई माया गरेर दमदार गजल lakpa sherpa samarpit

गजल देशलाई माया गरेर
=
मग्म गाउँनु पर्छ युबा मिठो
बास्ना छरेर॥
किन हुन्न सुखशान्ति देशलाई
माया गरेर॥
=
गुलाब झै फूल्नुपर्छ दुनियाको
नजरमा सधै॥
के मिल्छ र बिना सित्ति भिर
पाखा गरेर॥
=
प्रभात बनि मुस्कुराउँ मिलेर
एक आपसमा॥
बिहानीको किरण फेरि पाईन्छ
तारा झरेर।।
=
गगनको जूनतारा झैँ शीतल
ज्योति छर्नुपर्छ॥
नाश हुन्छ बुद्धि विवेक व्यर्थै
आँखा तरेर॥
=
हीरा मोती सुन फल्छ पसिना
बगाए देशमा॥
जुटौं आजै बनाऔं मुलुक हुन्न
बाधा टरेर॥
=
गजलकार लाक्पा शेर्पा समर्पित काठमान्डौ हाल महाकाली

नेपाली शेर्पा गीत…मनमिले लाक्पा शेर्पा समर्पितको New nepali tittle powerful sherpa song manmile ft Lakpa Sherpa Samarpit

नया शेर्पा गजल गीत मनपरी लाक्पा शेर्पा समर्पितको प्रस्तुति
=
गुराश फुलेको, माथी हिमाल लेकैमा॥
झ्याप्पै मैच्याङ मनपरी,पैलो भेटैमा॥
=
शिरफुल दिउला म,तिमीलाई शिरैमा॥
ढल्केरजाने जोबन,ख्यालगर बेलैमा॥
=
धेरै ढिपी नगर,भाग्यको खेलै खेलैमा॥
जाउहिड मसित,पर्नेछौ गुन्डा फेलैमा॥
=
तिम्रो मेरो भेट भयो सल्लेरी मेलैमा॥
मनको कुरा सुनाको चौतारी फेदैमा॥
=
थुनेर मैच्याङलाई, मायाको जेलैमा॥
लैजान्छ च्याङ्बाले,घुम्तीहुदै रेलैमा॥
=
गितकार लाक्पा शेर्पा समर्पित ताप्लेजुङ हाल धनगडी कैलाली

छोटो समयमै दर्शकको मन जित्दै चर्चित हुन सफल गजलकार लाक्पा शेर्पा समर्पितको गजलlakpa sherpa samarpit सबाल रैछemail:lakpasherpa300@gmail.com

सफल चर्चित युबा गजलकार लाक्पा शेर्पा समर्पितको गजल जिन्दगीमा सबाल रैज
=
मन मेरो घायल भयो त्यो रुप
कमाल रैछ॥
मानिसको जीन्दगीमा धेरै धेरै
सबाल रैछ॥
=
कहिले हसाउने कैले रुबाउने
झरि जस्तो॥
माया मन बहकाउने हरिणको
चाल रैछ॥
=
बुझ्नै गाह्रो हूदो रैछ साह्रो यो
माया हजुर॥
मुटुको मेल कसैलाई माकराको
जाल रैछ॥
=
माया चारैतिर केबल मायाकै
चर्चा हुदा॥
मृगतिष्णा तर,कसैलाई माया
फालफाल रैछ॥
=
डुबाउने कसैलाई कोही लाने
किनारामा॥
जीन्दगी बगेर जाने पानीको
छाल रैछ॥
=
गजलकार लाक्पा शेर्पा समर्पित ताप्लेजुङ हाल धनगडी कैलाली email:lakpasherpa300@gmail.com

फुल र काडामा प्यार …..गजल र गजलकार लाक्पा शेर्पा समर्पित Gajal by lakpa sherpa samarpit

गजल लाक्पा शेर्पा समर्पित
=
खुकुरी र अचानोको आधार
बनाउछु॥
फुल र काडा बिचमा प्यार
बनाउछु॥
=
थोरै भएमा अभाब धेरै भए
चिन्ता हुने॥
आकाश धर्ति बिचमा ससार
बनाउछु॥
=
नाफा घाटा भन्दा फरक पिडा
भिन्न हुने॥
अभाब दुख पिडाको ब्यापार
बनाउछु॥
=
गणतन्त्र लोकतन्त्र हैन अब
मनतन्त्र॥
जनचाहा बुझ्ने म सरकार बनाउछु॥
=
देश जनता लुट्ने भ्रष्ट्रचारी
गुण्डालाई॥
लुटेरालाई अब म खबरदार
बनाउछु॥
=
गजलकार लाक्पा शेर्पा समर्पित ताप्लेजुङ हाल धनगडी कैलाली

चर्चित गजलकार सगितकार मोडल गायक लाक्पा शेर्पा समर्पितको उत्कृष्ठ गजल गीत काडा बिच सुन्दर फुल Sundar phool by lakpa sherpa samarpit

गीत गजल सुन्दर फुल थियो
=
काडा बिचमा सुन्दर फुल
थियो॥
फुलेको फुलरोज्नु मेरो भुल
थियो॥
=
प्यासि थिए म तड्पिएको
थिए॥
समिपै मेरो पानीको मुल
थियो॥
=
एक्लो अधुरो अनौठो लाग्छ
किन॥
उनि बिना मानिसको हुल
थियो॥
=
सम्बन्ध त्यो स्बिकार्य थियो
कसरी॥
उनको मेरो फरकफरक कुल
थियो॥
=
ससार भन्छन गोलो छ भन्ने
ज्ञाताहरु॥
उनलाई मलाई जोड्ने पुल
थियो॥
=
गजलकार#लाक्पा शेर्पा
समर्पित ताप्लेजुङ हाल
धनगडि कैलाली नेपाळ
2073 मसिर 10गते

गजलकार लाक्पा शेर्पा समर्पित र उत्कृष्ठ गजल शहर फरक छ रहर फरक छ Lakpa sherpa samarpit

लाक्पा शेर्पा समर्पित गजल
=
ठहर फरक छ शहर फरक छ
सबैको यहा त रहर फरक छ
=
याद आईरहन्छ सताईरहन्छ
हिजो र आज प्रहर फरक छ
=
प्रेममात लागे या बिछोड भए
बिषै हो मात्र जहर फरक छ
=
चाहिन्छ किसानलाई सिचाई
पानी आउने नहर फरक छ
=
तिमी लेख्छौ गजल म ळेख्छु
शैली फरक छ बहर फरक छ
=

लाक्पा शेर्पा समर्पित
सुनधारा काठमान्डौ
हाल धनगडी कैलाली